Comments Add Comment

माहुरी

List Grid
सप्तरीमा माहुरीको टोकाइबाट गर्भवतीको मृत्यु

१७ मंसीर, जनकपुरधाम । सप्तरीमा माहुरीको टोकाइबाट एकजना गर्भवती महिलाको मृत्यु भएको छ । जिल्लाको रुपनी गाउँपालिका- १ रुपनी बजार निवासी राजेश यादवकी २४ वर्षीया पत्नी रमिलाको मृत्यु भएको हो । घरदेखि झण्डै ५ सय मिटर पश्चिम शम्भुनाथ नगरपालिका १ खोक्सरस्थित आफ्नो खेतबाट र्फकँदै गरेकी महिलालाई मंगलबार दिउँसो माहुरीले टोकेको उनको परिवारको भनाइ छ । […]

सर्लाहीमा मौरीले टोक्दा आमाछोरी सिकिस्त

२६ कात्तिक, जनकपुरधाम । सर्लाहीको ब्रम्हपुरी गाउँपालिका-३ भेल्हीमा मौरीले टोक्दा आमाछोरी सिकिस्त बिरामी भएका छन् । घाँस काट्न गएको समयमा मौरीले टोक्दा स्थानीय दिनेश मुखियाकी ३० वर्षीया श्रीमती पार्वती मुखिया र उनकी १२ वर्षीया छोरी करिना बिरामी परेको प्रहरीले जनाएको छ । चौरमा घाँस काट्ने क्रममा आमाछोरीलाई मौरीले टोकेको थियो । उनीहरु दुवैको जिल्ला अस्पताल […]

मान्छेको जीउमा ६० हजार माहुरीको गोलो

भारतको केरलाका एकजना युवकले आफ्नो शरीरमा ६० हजार माहुरीलाई ४ घण्टासम्म बसालेर विश्व कीर्तिमान कायम गरेका छन् । नेचर एमएस नामका ती युवकले आफू ७ वर्षको छँदादेखि नै आफ्नो अनुहारमा माहुरी बसाल्न सुरु गरेका थिए । जीउमा माहुरीको गोलो बसालेको पहिलो अनुभव सुनाउँदै उनी भन्छन्, ‘सुरुमा मेरो हातमा रहेको रानी माहुरी खोज्दै त्यसलाई जोगाउनका लागि […]

घार माहुरीको ‘घर’

२२ माघ, डोटी । जंगलको बिचमा तीनतले घर, तलतिर रातो माटो र माथिमाथि कमेरो माटोले चिटिक्क पोतिएको छ । घरको चारैतिर माहुरीका परम्परागत घारहरु सजाएर राखिएका छन् । महुरी घर वरिवरी घुमिरहेका छन् । तर, यो कुनै व्यवसायिक माहुरीपालक किसानको घर होइन, परम्परागत हो । डोटीको दुर्गम साविकको छपाली गाविस-८ कुसिना (हालको आदर्श गाउँपालिका-१) का […]

जाँगरिला शिक्षक, जसले मौरी पालेर मनग्य कमाइ गर्छन्

२ माघ, गुल्मी । रोमनाथ अर्याल पेसाले शिक्षक हुन् । तर, रेसुंगा-१० सिमीचौरका उनी अहिले मौरीपालक किसानका रुपमा ज्यादा चिनिन्छन् । २०६३ सालमा ५५ सय रुपैयाँबाट उनले मौरी पालन थालेका थिए । अहिले ४५ वटा घारका मालिक हुन्, अर्याल । र, यसबाट मनग्य आम्दानी गर्ने कृषकका रुपमा चिनिन्छन् । अध्यापनबाट बाँकी बसेको समय सदुपयोग गर्ने […]

रानीलाई उद्धार गर्न मौरीले २४ घण्टासम्म कारलाई खेदेपछि…

एउटा अनौठो घटना सार्वजनिक भएको छ । कारमा यात्रा गरिरहेकी एक ६५ वर्षीया हजुरआमालाई लगातार २४ घण्टासम्म माहुरीले लखेटेको छ । घटना बेलायतको हो । बेलायतको एक प्राकृतिक आरक्षबाट घर फर्किने क्रममा उनलाई माहुरीले खेदेको हो । कार लिएर घर फर्किने क्रममा आफ्नो कारको पछाडिपटि्ट ठूलो संख्यामा माहुरी झुत्तिएपछि क्यारोल होवार्थ अचम्ममा परिन् । झण्डै […]