Comments Add Comment

मेलम्ची खानेपानी

List Grid
असारमा मेलम्चीको पानी : झुटको निरन्तरता !

४ फागुन, काठमाडौं । २०७५ साले दशैंको भाका टरेपछि प्रधानमन्त्री केपी शर्मा ओली भनिरहन्थे, नयाँवर्ष २०७६ मा मेलम्चीको पानी काठमाडौं ।’ तर पुसमा काम छाडेर इटालियन कम्पनी सीएमसी भागेपछि आफूलाई गुमराहमा राखिएको चाल पाए र प्रधानमन्त्री ओली नयाँ वर्षको भाकाबारे मौन बसे । भुक्तानी विवादमा सीएमसी २०७५ पुसमा काम छाडेर हिँडेपछि ९ महिना आयोजना रोकियो […]

मेलम्चीको पानीः ६० दिनमा आउँछ कि रजत जयन्ती मनाउँछ ?

१६ मंसिर, काठमाडौं । मेलम्ची खानेपानी आउँछ, आउँछ भनेको वर्षौ भइसक्यो । खानेपानी मन्त्रालय सम्हाल्ने हरेक मन्त्रीको मुखमा झुण्डिन्छ, मेलम्ची आउँछ । काम पनि भइरहेको छ । तर, मेलम्चीको पानी पिउने काठमाडौं बासीको धोको अझै पुरा भएको छैन । पछिल्लो पटक खानेपानी तथा सरसफाइमन्त्री विना मगर दिएको दशैंको भाका पनि त्यसै टर्‍यो । यसले मेलम्चीलाई […]

विना मगरलार्इ सुझावः पानी र जवानी खेर नजाओस्

संविधान जारी भएपछि निर्वाचनको ताजा जनादेश अनुसार मुलुकमा नयाँ सरकार गठन भएको छ । लामो समयको समक्रमणकाल, राजनीतिक अस्थिरता, नीतिगत अस्थिरता र अस्थिर सरकारबाट वाक्क बनेका जनताले स्थिर सरकार दिने एजेन्डा लिएर जनतासमक्ष गएका राजनीतिक दलहरुलाई चुनेर पठाएका छन् । यसबाट पनि प्रस्ट हुन्छ नेपाली जनताले स्थिर सरकार र आर्थिक समृद्धि चाहेका छन् । स्थिरता […]

बाग्मतीमा र्‍याफ्टिङ र स्विमिङ गर्ने वातावरण बनाउँछु : खानेपानीमन्त्री मगर

७ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइमन्त्री विना मगरले आगामी वर्षलाई राष्ट्रिय सरसफाइ वर्षको रुपमा घोषणा गरेर काम गर्ने बताएकी छन् । केही वर्षभित्र बाग्मती, विष्णुमती र धोबीखोलालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उनले बताइन् । आफ्नो कार्यकालमा बाग्मतीमा र्‍याफ्टिङ र स्विमिङ गर्न सक्ने वातावरण बनाउने मन्त्री मगरको प्रतिवद्धता छ । रिपोर्टर्स क्लबको साक्षात्कारमा खानेपानी […]

मन्त्री विनाको दावीः मेलम्चीको पानी दशैंअघि नै काठमाडौंका घरघरमा

७ चैत, काठमाडौं । खानेपानी तथा सरसफाइ मन्त्री विना मगरले मेलम्ची खानेपानी दशैंअघि नै काठमाडौं उपत्यका भित्रका घरघरमा वितरण हुने बताएकी छन् । अबको २५ दिनभित्र मेलम्चीको पानी काठमाडौंको सुन्दरीजलमा आइपुग्ने दावी गर्दै मन्त्री विनाले दशैअघिनै उपत्यकामा पानी वितरण गर्ने प्रतिबद्धता जनाएकी हुन् । काठमाडौंमा बुधबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले २५ दिन भित्र मेलम्चीको […]

मेलम्चीको पानी ‘चाबी चालक’ कै हातमा !

११ माघ, काठमाडौं । मेलम्ची काठमाडौं आएपछि पनि पानीको सबै नियन्त्रण चाबी चालक (पानी खोल्ने व्यक्ति) कै हातमा रहिरहने भएको छ । काठमाडौंमा खानेपानीको वितरण सञ्जाललाई आधुनिक र वैज्ञानिक स्तरको बनाउन अझै दुई वर्षभन्दा बढी समय लाग्ने भएपछि अझै चाबी चालककै भर पर्नुपर्ने भएको हो । अनलाइनखबरसँगको एक अन्तरवार्तामा तत्कालीन खानेपानी सचिव भीम उपाध्यायले काठमाडौंका […]

वैशाखमा मेलम्ची आउने, ढल नबन्दा काठमाडौं जलमग्न हुने डर

११ मंसिर, काठमाडौं । पानीको अभावले काकाकुल बनेको काठमाडौंले आगामी वैशाखबाट मेलम्चीमार्फत् राहत पाउनेछ । तर, विज्ञको भनाइ मान्ने हो भने सोही कारण वर्षा नलाग्दै काठमाडौंका सडक र गहिरा क्षेत्र ‘ढलमग्न’ हुनेछन् । र, नगरवासीले पानीकै कारण आहत हुनुपर्नेछ । पूर्वाधार विज्ञ सूर्यराज आचार्य मेलम्चीको पानी काठमाडौं आएपछि शहरमा ‘ढल निकास’ समस्या जटिल बन्ने बताउँछन् […]

मेलम्चीको पाइपमा स्काडा प्रणाली, पानीको अनुगमन कम्प्युटरबाटै !

२७ जेठ, काठमाडौं । मेलम्ची खानेपानीका लागि काठमाडौं उपत्यकामा बिछ्याइएका पाइपमा सुपरभाइजरी कन्ट्रोल डाटा एक्युजन (स्काडा) प्रणाली जडान गरिने भएको छ । स्काडा जडानपछि पानीको चुहावट, गुणस्तर र बहाव मापन कम्प्युटरबाटै नियन्त्रण गर्न सकिनेछ । उपत्यकामा वितरित पानीको विवरण विश्लेषण ‘मास्टर कन्ट्रोल रुम’बाट हुनेछ । सोही आधारमा पानीमाथि नियन्त्रण र निरीक्षण गरिनेछ । मेलम्ची खानेपानी […]

मेलम्ची आयोजना: काठमाडौंवासीलाई हर्ष, स्थानीयलाई पीडा

२६ जेठ, सिन्धुपाल्चोक । वहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ । आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई सुरुङ निर्माणका क्रममा भित्रबाट निकालिएको माटोढुङ्गालाई जथाभावी खोलामा फाल्न थालिएपछि त्रास बढेको छ । सुरुङबाट निस्किएको माटोढुङ्गा (मकिङ) ठेकेदार कम्पनी सिएमसीले जथाभावी खोलामा फाल्न थालेको छ । यसरी […]

मेलम्चीको काम फेरि सुस्त, ठेकेदार भन्छ-मेसिन बिग्रियो, पैसा देऊ

२७ फागुन, काठमाडौं । आगामी दशैंसम्म काठमाडौंमा मेलम्चीको पानी ल्याउने लक्ष्यसहित सडक खनेर पाइप बिछ्याउने काम धमाधम भइरहेको छ, जसका कारण काठमाडौं धुलाम्मे भएको छ । जति धुलो उडेपनि पानीका लागि सर्वसाधारण मौन छन् । तर, मेलम्चीको सुरुङको निर्माणको गति भने सरकारको लक्ष्य र नागरिकको आश अनुसारको पटक्कै छैन । ठेकेदार कम्पनीले सुरुङ निर्माण सुस्त […]

आगामी वर्ष दशैअघि मेलम्चीको पानी आउने

३ मंसिर,काठमाडौँ । काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ल्याउन लागिएको मेलम्चीको पानी प्रशोधन केन्द्र निर्माणको काम ९५ प्रतिशत सम्पन्न भएको छ । व्यवस्थापिका–संसद्, विकास समितिले केन्द्र निर्माणस्थल सुन्दरीजलमा गरेको अनुगमनमा यस्तो तथ्याङ्क पाइएको हो । आयोजना कार्यान्वयन निर्देशनालयले मेलम्चीको पानी वितरणका लागि उपत्यकामा बिछ्याइरहेको पाइप र पानीपोखरी निर्माणको पनि समितिले आजै स्थलगत अनुगमन गर्यो […]

प्रधानमन्त्री आउँदा रातारात सडक दुरुस्त !

८ असोज, काठमाडौं । मेलम्चीबाट जिरोकिलोसम्म दैनिकजसो मोटरसाइलमा ओहोरदोहोर गर्ने रेडियो मेलम्चीका पत्रकार देवराज सुवेदी शुक्रबार जिरो किलोदेखि मेलम्ची जाँदै गर्दा चकित परे । अघिल्लो दिनसम्म भैसी नै डुव्ने खाडल सडकमा भए पनि शु्क्रबार भने सडकमा कतै पनि खाडल भेटाएनन् उनले । रातारात ग्राभेल गरेर जिरो किलोदेखि मेलम्चीसम्मको सडक दुरुस्त पारिएको आजको राजधानी दैनिकमा समाचार […]

एकाबिहानै गाडी चढेर प्रधानमन्त्री मेलम्चीतिर !

७ असोज, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल शुक्रबार बिहानै गाडी चढेर मेलम्चीतिर लागेका छन् । सुरक्षा निकायले हेलिकोप्टर प्रयोग गर्न सल्लाह दिए पनि प्रधानमन्त्रीले दिनभरि लगाएर गाडीमा मेलम्ची डुल्ने इच्छा प्रकट गरेपछि सिन्धुलाल्चोकका प्रजिअ सुरक्षाको प्रवन्ध मिलाउन दौडधूपमा लागेका छन् । ‘हेलिकोप्टरमा होइन, बरु दिनभरि लागोस् गाडीमै गएर म मेलम्ची खानेपानी आयोजनाको प्रगति हेर्छु,’ प्रधानमन्त्रीको […]

मेलम्ची खानेपानीः ठेकेदारद्वारा एक वर्ष थप समय माग

७ भदौ, काठमाडौं । पुर्वनिर्धारित समयमा काम सम्पन्न नभएपछि मेलम्ची खानेपानी आयोजनाको मुख्य काम सुरुङ निर्माण गरिरहेको ठेकेदार कम्पनीले १ वर्ष थप समय माग गरेको छ । ठेकेदारले प्रस्ताव गरेको १ वर्षको अवधि परामर्शदाता इपिसा सर्भिसेजले अस्वीकार गरेको छ । ०७० असारमा भएको  ठेक्का समझौताअनुसार आगामी महिना ठेकेदार आफैंले काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको समय […]

अर्को दशैंमा काठमाडौंबासीलाई मेलम्चीको पानी खुवाउने लक्ष्य

१९ असार, काठमाडौं । राजधानीबासीले मेलम्चीको पानी पिएर ‘प्यास’ मेट्ने सपना देख्न थालेको वर्षौं बितिसक्यो । सरकारी अधिकारीहरु बेला-बेला अब फलानो दिनबाट मेलम्चीको पानी आउँछ भनिरहेका छन्, तर अझैसम्म यो बाचा पूरा भएको छैन । मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक घनश्याम भट्टराईलाई भेट्दा हाम्रो पहिलो प्रश्न थियो- काठमाडौंबासीले मेलम्चीको पानी कहिले पिउन पाउँछन् ? भट्टराईले […]