Comments Add Comment

रेल

List Grid
रेल छोपेको त्रिपाल फाटिसक्यो, कहिले चल्ने टुंगो छैन

४ साउन, जनकपुरधाम । धनुषाको इनर्वास्थित रेल्वे स्टेसनमा पार्किङ गरिएको नेपाली रेल छोपिएका त्रिपाल फाट्न थालेको छ । रेल ढाकेर राखिएको त्रिपाल फाटेर धेरै ठाउँमा रेल देखिन थालेको छ । गत वर्ष असोजमा नेपाल ल्याइएको रेल त्रिपालले छोपेर राखिएको थियो । त्रिपाल फाट्दा बर्षाको पानीले भिजेर रेलका केही भागमा खिया लाग्ने खतरा बढेको स्थानीय बताउँछन् […]

जनकपुर–जयनगर रेल सञ्चालनको तयारी गर्न मन्त्री नेम्वाङको निर्देशन

३१ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले जनकपुर–जयनगर रेल सञ्चालनको तयारी थाल्न रेल विभागलाई निर्देशन दिएका छन् । मन्त्री नेम्वाङले पानी जहाज कार्यालय, मेट्रो रेल विभाग र यातायात व्यवस्था विभागका प्रमुखहरुसँग छलफल गर्ने क्रममा रेल विभागलाई लकडाउन खुल्नेबित्तिकै रेल सञ्चालन गर्ने गरी सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका हुन् । नीतिगत, व्यवहारिक […]

रेलका लागि भाडादर प्रस्ताव 

२८ माघ, काठमाडौं । कुर्था–जयनगर रेलमार्गमा झण्डै सडक मार्गमा सरकारले तोके जतिकै भाडादर कायम गरिने भएको छ । सो रेलमार्गमा रेल सञ्चालनको तयारी अघि बढाइरहँदा नेपाल रेल्वे कम्पनी लिमिटेडले भाडादर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा प्रस्ताव गरेको छ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटर रेलमार्गमा भाडादर रु ७५ प्रस्ताव गरिएको कम्पनीका महापबन्धक गुरु भट्टराईले […]

दक्षिण कोरियाले बनायो विमानभन्दा छिटो कुद्ने रेल

२२ पुस, सउल । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम […]

विवाह पञ्चमीको भाका खेर गयो, कहिले चल्छ नेपाली रेल ?

२६ मंसिर, जनकपुरधाम । नेपालको आफ्नै रेल आइपुग्दा २ असोजमा जनकपुरमा खुसीयाली छायो । भारतबाट आएको रेल हेर्न मात्र सयौं मानिस रेल्वे स्टेसन पुगेका थिए । रेल आएको तीन महिना पुग्न लाग्यो । तर, अहिलेसम्म यात्रु सेवा सञ्चालन हुन सकेको छैन । सेवा सञ्चालनका लागि नेपाल रेल्वे विभागका अधिकारीहरुले दिएको विवाह पञ्चमीको भाका पनि रेल […]

रेलसम्बन्धी अपराध गर्नेलाई कडा सजायको प्रस्ताव

१६ मंसिर, काठमाडौं । रेल्वे वा रेलको लिकमा रहेका ‘क्लिप’ वा किलाकाँटा चोर्नेलाई १० वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुनको प्रस्ताव गरेको छ । भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने गरी तयार रेल्वे लिकको ट्र्याक र स्लिपर जोडने ‘क्लिप’ चोरी हुन थालेको समाचार आइरहेका बेला राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले त्यस्ता कसूरदारलाई १० वर्षसम्म कैद […]

नेपालले १ अर्बमा किनेका रेल त्रिपाल ओढाएर पार्किङमा

५ असोज, काठमाडौं । जनकपुर-जयनगर रुटमा चलाउन शुक्रबार तामझामसहित नेपाल आइपुगका रेलहरु अहिले पार्किङमा छन् । नेपाल रेल्वे कम्पनीका अनुसार यी रेल धनुषाको इनर्वामा पार्किङमा राखिएका छन् । रेलको माथिल्लो भागलाई त्रिपालले ढाकिएको छ । करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको रेल तत्कालकै अवस्थामा चल्न नसक्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्रोतले बताएको […]

८४ करोडको रेल आइपुग्यो, सञ्चालनको टुंगो छैन !

२ असोज, जनकपुरधाम । शुक्रबार बिहान ठूलो भिड जम्मा भइसकेको थियो । रेलको हर्न बजेको आवाज सुन्नासाथ सबै रमाउन थाले । मोबाइल निकालेर अगाडि तेस्र्याए । भीड यति ठूलो थियो कि रेल आउँदा लिकमा जम्मा भएकाहरुलाई हटाउन प्रहरीलाई हम्मेहम्मे पर्‍यो । जब रेल आयो, सबैले हुटिङ गरे । रेलमा लेखिएको छ, ‘नेपाल रेल्वे ।’ नेपालको […]

जनकपुरधामको स्टेशनमा रेल हेर्नेको भिड

२ असोज, जनकपुरधाम । जनकपुरको रेल्वे स्टेशन बिस्तारै भरिँदैछ । बालबालिकादेखि युवक र वृद्वसम्मका व्यक्तिको जमघट छ । कोही बिहानैदेखि बसिरहेका छन् भने कोही दुई घण्टादेखि बसिरहेका छन् । अरु मान्छे आउने क्रम पनि रोकिएको छैन । यो कुनै भेला, आमसभा अथवा मेलाको दृश्य भने होइन । भारतबाट आउन लागेको रेल हेर्न नागरिकहरु जनकपुरधामको रेल्वे […]

जनकपुर-जयनगर रूटमा चल्ने रेल शुक्रबार नेपाल आइपुग्ने

१ असोज, काठमाडौं । कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल भोलि (शुक्रबार) नेपाल आइपुग्ने भएको छ । यो रुटमा सञ्चालन गर्न २ वटा रेल भारतको मद्रासमा बनेर आउने क्रममा लकडाउनका कारण कारण भारतको हाजीपुरमा रोकिएको थियो । रेल विभागका माहानिर्देशक बलराम मिश्रका अनुसार बिहीबार राति जयनगर आइपुग्ने रेल भोलि मध्यान्हसम्म नेपाल भित्रिनेछ । जनकपुर स्टेसनमा रोकिने रेल […]

प्रधानमन्त्री कार्यालयको ताकेतापछि विवादित रेल्वे ठेक्का लगाउन बाटो खुल्यो

२२ भदौ, काठमाडौं । सरकारले विद्युतीय विद्युतीय (ई) बोलपत्र गर्ने वेबसाइट बोलपत्र डट जीओभी डट एनपीमार्फत टेन्डरमा भाग लिएका कम्पनीले अपलोड गरेका फाइलमा आएका प्राविधिक समस्या सल्ट्याएको छ । डाउनलोड हुन र खुल्न नसकेका बोलपत्रका फाइलहरु रिकभर भएका हुन् । योसँगै विवादित काँकडभिट्टा-इनरुवा खण्डको रेल्वे टेन्डरको आर्थिक प्रस्ताव खोल्ने बाटो पनि खुलेको छ । वेबसाइटबाट […]

विवादित रेल्वे ठेक्का र व्यवस्थापनका विकल्प

नेपालमा यतिबेला पूर्व–पश्चिम रेलमार्गको ठेक्का प्रकरणको विषयलाई लिएर निकै चर्चा–परिचर्चा भएका छन् । १०६ किलोमिटर लामो रेल्वे ट्रयाकको करिब ३२ अर्बभन्दा बढी लागत अनुमान गरिएका ५४ वटा बोलपत्रहरुको प्रक्रियामा सरकारको तर्फबाट गम्भीर त्रुटि भएको कुरालाई नेपाली सञ्चार माध्यमहरुले जोडतोडका साथ उठाइरहेका छन् । त्यसका अतिरिक्त टेन्डरमा भाग लिएका कम्पनीले अपलोड गरेका फाइलमा प्राविधिक समस्या आएपछि […]

रेलको ठेक्कामा यत्रो विवाद हुँदा मुख्यसचिवज्यू के गर्दै हुनुहुन्छ ?

रेलमार्ग बनाउने कुरा अर्थराजनीतिक सवाल हो । यसलाई त्यसैगरी टुंग्याउनुपर्ने हुन्छ । अहिले पूर्व-पश्चिम रेलमार्गको खरिदबारे विभिन्न प्रश्न उठेका छन् । रेलमार्गको सन्दर्भमा जानुअघि अहिलेसम्मका अभ्यास हेरौं । २०६३ सालमा सार्वजनिक खरिद ऐन आयो, त्यसपछि माथिल्ला स्तरका सरकारी कर्मचारीले यो ऐनलाई कहिल्यै सकारात्मकरुपमा हेरेनन् । सधंै ‘यसलाई छल्न पाए हुन्थ्यो’ भन्ने मनासय देखियो । खरिद […]

बेलबारीका मेयरको प्रश्न : हवाईजहाजजस्तै रेल हेर्ने मात्रै हो ?

१२ भदौ, काठमाडौं । पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्डको ठेक्काबारे एकपछि अर्काे गर्दै जनप्रतिनिधिहरु बोल्न थालेका छन् । जग्गामा गरिनुपर्ने पूर्वतयारी नगरी ठेक्का लगाइएपछि झापा-मोरङमा स्थानीयले सरोकार समिति नै गठन गरेर विरोध गरिहरेका छन् । झापाका क्षेत्र नम्बर ३ का सांसद राजेन्द्र लिङ्देनले यो ठेक्कालाई योजनावद्ध र खुलेआम भ्रष्टाचार भनेका छन् । मोरङका स्थानीय तहले पनि […]

झापा–सुनसरी रेलमार्ग : गोरु पछाडि, गाडा अगाडि !

२८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थापना गरेको पानीजहाजको कार्यालय अहिले कुन अवस्थामा छ, थाहा छैन । तर, काठमाडौंको विशालनगरमा रहेको रेल विभागचाहिँ ठेक्कापट्टामा अगाडि सरेको छ । झापादेखि सुनसरीसम्म १०६ किलोमिटर रेलमार्ग बनाउने २८ अर्बको ठेक्का लगाउन हतारिएको विभागको काम ‘गोरु पछाडि, गाडा अगाडि’ भन्ने उखानजस्तै देखिएको छ । विशालनगरमा कार्यालय सार्नुअघि […]

रेलको विवादित ठेक्काबारे यातायातमन्त्री नेम्वाङ भन्छन्- बुझ्दैछौं

३० असार, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कानून विपरित देखिए रेल विभागले अघि बढाएको काँकडभिट्टा-इनरुवा खण्डको रेल्वे ट्रयाक निर्माणको ठेक्का प्रक्रिया रोक्ने संकेत गरेका छन् । उनले विभागले निकालेको टेन्डरमा प्रतिस्पर्धा सीमित हुने गरी मिलेमतो भएकोबारे मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको भन्दै बोलपत्रबारे उठेका प्रश्नलाई नजिकबाट हेरिरहेको बताए । अनलाइनखबरसँग कुरा गर्दै मन्त्री […]

अर्को सालदेखि २ वटा रेल नेपाली झण्डासहित दौडिन्छ : मन्त्री नेम्वाङ

२६ जेठ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङले अर्को वर्षदेखि जनकपुर जयनगर रेल चल्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा मन्त्रालयगत बजेट छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले दुईवटा रेल खरिद प्रक्रिया अघि बढिसकेको बताए । ‘नेपालको झण्डा फहराएर आगामी वर्ष जनकपुर जयनगरका चल्ने कुरा जानकारी गराउन चाहन्छु’ उनले भने […]

चीनको सियानबाट काठमाडौंसम्मको कार्गो सेवा सुरु

११ जेठ, काठमाडौं । चीनको उत्तरपश्चिम प्रान्त शाङ्सीको राजधानी सहरबाट नेपालका लागि सियानबाट कार्गो सेवा सुरु भएको छ ।  शुक्रबार सियानबाट पीभीसी पाइप, ग्राउटिङ पाइप, कपडा, जुत्ता र प्रिन्टरहरू बोकेको कार्गो सहितको रेल तिब्बत स्वायत्त प्रान्तको सिगात्से प्रस्थान गरेको हो। सिगात्सेबाट कार्गोका सामानहरू ट्रकमा हालेर काठमाडौं ल्याइने द चाइना रेलवे सियान ग्रुप कम्पनी लिमिटेडले बताएको […]

सुतिरहेका मजदुरमाथि भारतमा रेल चल्यो, १६ को मृत्यु

२६ वैशाख, काठमाडौं । भारतको महाराष्ट्र प्रान्तमा स्थित औरंगाबादमा रेलले किचेर कम्तीमा १६ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् । भारतका रेलमन्त्री पियुष गोयलका अनुसार आफ्नो घर हिँडेका मजदुरहरू राति रेलको लिगमा सुतिरहेका थिए । बिहान स्थानीय समयअनुसार साढे पाँच बजे यो दुर्घटना भएको बताइएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले […]

सीमापार रेलको डीपीआर बनाउन चिनियाँ टोलीको प्रतिक्षा

८ माघ, काठमाडौं । नेपाल र चीनबीच हिमालय सीमापार रेल्वे लाइन निर्माणको विस्तृत सम्भाव्यता अध्ययनसहित परियोजना प्रतिवेदन (डीपीआर) निर्माणका लागि चिनियाँ टोली छिट्टै नेपाल आउने भएको छ । रेल विभागका अनुसार चिनियाँ नयाँ वर्षपछि चिनियाँ प्राविधिक टोली नेपाल आउने अपेक्षा गरिएको छ । नेपाल र चीनबीच काठमाडौं-केरुङ, काठमाडौं पोखरा र पोखरा-लुम्बिनी रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन […]

तस्वीरमा सिगात्से रेल स्टेसन

६ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको २०७२ चैतमा भएको साताव्यापी चीन भ्रमणसँगै चिनियाँ रेल काठमाडौं आउने कुराले चर्चा पाउन थाल्यो । तर, प्रधानमन्त्री ओलीको दोस्रो कार्यकालको दोस्रो वर्ष चलिरहँदा केरुङ–काठमाडौं रेलमार्गको संभाव्यता अध्ययनसमेत हुन सकेको छैन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागका अनुसार यो रेलमार्गको विषयमा पूर्वसम्भाव्यता अध्ययन भने भइसकेको छ […]