News Summary
Generated by OK AI. Editorially reviewed.- सप्तरीको रुपनी गाउँपालिकाले १७ वैशाखदेखि सेवाग्राहीलाई सहज सेवा दिन नागरिक सहायता कक्ष स्थापना गरेको छ।
- सहायता कक्षमा निःशुल्क निवेदन लेख्ने, प्रिन्ट गर्ने, फोटोकपी, स्क्यानिङ, टाइपिङ र इमेल सेवा उपलब्ध छन्।
- कालीप्रसाद यादवलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ र इन्टरनेट सुविधा पनि उपलब्ध गराइनेछ।
१७ वैशाख, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले सेवाग्राहीलाई सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले नागरिक सहायता कक्ष स्थापना गरेको छ ।
गाउँपालिकाबाट प्रवाह हुने विभिन्न सेवाहरू लिन आउने सेवाग्राहीको सुविधा ध्यानमा राख्दै १७ वैशाखदेखि उक्त सहायता कक्ष सञ्चालनमा ल्याइएको हो ।
गाउँ कार्यपालिकाको कार्यालय, रुपनीमा स्थापना गरिएको सहायता कक्षमा सेवाग्राहीलाई आवश्यक परामर्श तथा सहजीकरण प्रदान गरिने गाउँपालिकाले जनाएको छ। सहायता कक्षका लागि कालीप्रसाद यादवलाई सम्पर्क व्यक्तिका रूपमा तोकिएको छ।
सहायता कक्षमार्फत सेवाग्राहीले निःशुल्क रूपमा निवेदन लेखिदिने, प्रिन्ट गरिदिने, फोटोकपी, स्क्यानिङ, टाइपिङ, इमेल पठाउने लगायतका सेवा प्राप्त गर्न सक्नेछन् ।
साथै, इन्टरनेट सुविधा उपलब्ध गराई आवश्यक कागजी प्रक्रिया पूरा गर्न सहयोग गरिने जानकारी प्रमुख प्रशासकीय अधिकृत हरिमोहन सुतिहारले दिए ।
प्रतिक्रिया 4