+
+
Shares

संसद् छलेर अध्यादेश ल्याएको भन्दै एमालेको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १७ गते १७:१४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले सरकारले संसदलाई छलेर एकपछि अर्को अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ।
  • एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले यो कदम असंसदीय र अलोकतान्त्रिक भएको टिप्पणी गरेका छन्।
  • एमालेले राष्ट्रपति कार्यालयलाई समेत अध्यादेश जारी नगर्न सामूहिक रूपमा आग्रह गरेको छ।

१७ वैशाख, काठमाडौं । नेकपा एमालेले सरकारले संसदलाई छलेर एकपछि अर्को अध्यादेश ल्याउन खोजेको भन्दै आपत्ति जनाएको छ ।

राष्ट्रिय सभाका लागि एमाले संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारको यो कदम असंसदीय र अलोकतान्त्रिक भएको टिप्पणी गरेका हुन् ।

नेता दंगालले संविधानले विशेष परिस्थिति र तत्काल केही नगर्नु नहुने अवस्थामा मात्र अध्यादेशको परिकल्पना गरेको उल्लेख गर्दै वर्तमान सरकारले सामान्य अवस्थामा पनि संसदलाई उपेक्षा गरेको आरोप लगाए ।

एमालेले राष्ट्रपति कार्यालयलाई समेत अध्यादेश जारी नगर्न सामूहिक रूपमा आग्रह गरेको जानकारी दिँदै उनले यो राष्ट्रपतिमाथिको दबाब नभई संवैधानिक पद्धतिको रक्षाका लागि गरिएको अनुरोध भएको स्पष्ट पारे ।

‘संसद अधिवेशन आह्वान गर्ने र अनायसै स्थगन गरेर फटाफट अध्यादेश ल्याउने प्रक्रिया गलत छ । निर्वाचन सम्पन्न भएर संसद सुचारु भएको यतिका समय भइसक्दा पनि एउटै नयाँ विधेयक ल्याउन नसक्नु तर अध्यादेशको सहारा लिनु आपत्तिजनक छ,’ उनले भने ।

सरकारले नीति तथा कार्यक्रम र बजेट जस्ता महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने समयमा संसद छलेर अघि बढ्न खोजेको उनको भनाइ छ ।

विगतमा एमाले नेतृत्वको सरकारले पनि अध्यादेश ल्याएको र संसद विघटन गरेको सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै नेता दंगालले विगतका कमजोरीलाई देखाएर वर्तमानमा विधिको शासन मिच्न नमिल्ने तर्क उनले गरे ।

‘विगतमा के भयो भन्ने समीक्षा गर्ने बेला यो होइन । अहिले दुई तिहाइको समर्थन प्राप्त सरकारले संसदलाई भूमिविहीन बनाएर अध्यादेशमार्फत शासन चलाउन खोज्नु जनमतको अपमान हो,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?