News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध बलात्कार र गर्भ संरक्षणविरुद्धको दुई वटा मुद्दा दर्ता भएको छ।
- प्रहरी वृत्त सातदोबाटाले गरेको अनुसन्धानपछि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मंगलबार मुद्धा दर्ता गरेको हो।
- पीडित महिलाले मल्लले २०८० कात्तिकमा चिनजान भएको र १२ चैत २०८० मा बलात्कार गरेको बताएकी छिन्।
७ वैशाख, काठमाडौं । नेकपा एमालेका कर्णाली प्रदेश कमिटी सदस्य कर्ण मल्लविरुद्ध दुई वटा कसुरमा मुद्दा दर्ता भएको छ ।
एक महिलाको जाहेरीका आधारमा मल्लविरुद्ध बलात्कार र गर्भ संरक्षणविरुद्धको कसुरमा मुद्दा दर्ता भएको हो । प्रहरी वृत्त सातदोबाटाले गरेको अनुसन्धानका लागि सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मंगलबार मुद्दा दर्ता गरेको हो ।
मुगुको सोरु गाउँपालिका–१० धैनकोट घर भएका ५२ वर्षीय मल्लले आफूमाथि बलात्कार गरेको पीडित महिलाको भनाइ छ ।
ती महिलाका अनुसार उनी गीत गाउने काम गर्दै आएकी थिइन् । सोही क्रममा एक साथीमार्फत २०८० को कात्तिकमा मल्लसँग चिनजान भएको उनको भनाइ छ ।
त्यसपछि १२ चैत २०८० मा एकछि भेटौं भनेर बोलाएको तर सुरुमा आफूले इन्कार गरेको उनको भनाइ छ । मल्लले केही हुँदैन भन्दै सम्झाएपछि भेट गरेको महिलाले बताएकी छिन् ।
खाजा खाएकै होटलको कोठामा मल्लले आफूलाई जबरजस्ती करणी गरेको महिलाको दाबी छ । त्यसयता दुई वर्षसम्म निरन्तर जबरजस्ती करणी गरेको उनले बताएकी छिन् ।
यौन सम्पर्कबाट पेटमा गर्भ बसेको तर उनैले २ असार २०८२ मा गर्भपतन गर्न लगाएको महिलाले बताएकी छिन् ।
त्यसपछि उनले आफूलाई मानसिक यातना दिने गरेको, उजुरी गरे ज्यान मार्नेसम्मको धम्की दिएको महिलाले बताएकी छिन् ।
प्रतिक्रिया 4