+
+
Shares

नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याए सडकमा जान्छौं : एमाले

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १५:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति जनाएका छन्।
  • दंगालले सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने संसद्को औचित्य समाप्त हुने जिकिर गरेका छन्।
  • उनले भने, 'नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने त हाम्रो भन्नु केही छैन । त्यसपछि सदनको मुद्दा सकियो हामी सडकमा जानुपर्छ ।'

१६ वैशाख, काठमाडौं । नेकपा (एमाले) राष्ट्रिय सभा संसदीय दलका नेता प्रेमप्रसाद दंगालले सरकारले अध्यादेशमार्फत शासन सञ्चालन गर्ने शैली अलोकतान्त्रिक र असंसदीय भएको भन्दै आपत्ति जनाएका छन् ।

बुधबार विपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले सरकारले संसदलाई निष्क्रिय बनाएर अध्यादेशबाटै राजकाज चलाउने प्रयास गरेको भन्दै उनले आपत्ति जनाए ।

नेता दंगालले सरकारले आगामी नीति तथा कार्यक्रम तथा बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने संसद्को औचित्य समाप्त हुने जिकिर गरे ।

‘अध्यादेशबाटै शासन गर्ने, राजकाज गर्ने सरकारको जुन अलोकतान्त्रिक र असंसदीय तरिका छ यसप्रति हाम्रो घोर आपत्ति छ । हामी अब हेर्दै जान्छौँ भोलिको दिनमा बजेट निर्माण गर्नको लागि संसद आह्वान त गर्ने होला नि, नीति कार्यक्रम त बनाउने होला नि,’ उनले भनेका छन् ।

दंगालले यदि सरकारले नीति तथा कार्यक्रम र बजेटसमेत अध्यादेशमार्फत ल्याउने बाटो रोजे विपक्षी दलहरू सडक आन्दोलनमा जान बाध्य हुने चेतावनी पनि दिए ।

‘नीति कार्यक्रम र बजेट पनि अध्यादेशबाटै ल्याउने हो भने त हाम्रो भन्नु केही छैन । त्यसपछि सदनको मुद्दा सकियो हामी सडकमा जानुपर्छ । तर हामीलाई विश्वास छ यो सरकारले नीति तथा कार्यक्रम त संसदबाटै ल्याउँछ होला । त्यतिबेला नै फैसला होला,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?