Comments Add Comment

लमजुङ

List Grid
कोरोना जितेकी ९२ वर्षीया आमाको खुशी (फोटो फिचर)

११ असार, काठमाडौं । जेठ २४ गतेदेखि लमजुङकी ९२ वर्षीया कालिकादेवी बास्तोलालाई खाना रूच्न छाड्यो । अस्वभाविक रुपमा जीउ दुख्ने र थकाइ लाग्ने क्रम बढ्यो । छोराहरूले कोरोना जाँच गराए । कालिकादेवीका दुई छोराको रिपोर्ट नेगेटिभ आयो । उनलाई छाती दुख्ने व्यथा पनि बढेपछि बेसीसहरमा उनको कोरोना परीक्षण गराइयो । घरबाट कतै नगएकी आमालाई एकाएक […]

लमजुङ दोर्दी खोलाले १५ घर बगायो

२ असार, पोखरा । लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध भएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए । ‘हाइटेन्सन पोल ढालेको छ । अरु पोल कति ढले-ढले नकुरा गरम्,’ उनले […]

लमजुङ भूकम्पः चार घाइते, एक दर्जन घरमा क्षति

५ जेठ, काठमाडौं । पहाडी जिल्ला लमजुङकाे मर्स्याङ्दी गाउँपालिका–३ भुलभुले केन्द्रविन्दु बनाएर आज बिहान ५.८ रिक्टरको भूकम्पले घर भत्किंदा विभिन्न स्थानका चार जना घाइते भएका छन् । घाइते हुनेमा बेसीशहर नगरपालिका–६ का ३६ वर्षीय उमा गुरुङ, वडा नं ११ चितीका ८३ वर्षीय खकाकुमारी पाण्डे, वडा नं ८ का २९ वर्षीय खुशीमाया गुरुङ र मर्स्याङ्दी गाउँपलिका–६ […]

भूकम्पबारे गाउँपालिका अध्यक्ष भन्छन्- ‘भागाभाग भयो, मानवीय क्षतिबारे थाहा छैन’

काठमाडौं । लमजुङको मर्स्याङ्दी गाउँपालिकाको भुलभुले केन्द्रबिन्दु भएर बुधबार ५.८ म्याग्नेच्युटको भूकम्प गएको छ । बिहान ५ बजेर ४२ मिनेटमा गएको भूकम्पबाट मानवीय क्षतिबारे अहिलेसम्म जानकारी नआएको मर्स्याङ्दी गाउँपालिकाका प्रमुख अर्जुन गुरुङले जानकारी दिए । उनका अनुसार भूकम्प आएलगत्तै स्थानीय डरले भागाभाग गरेका थिए । फेरि पनि धक्का आउने आशंकामा कतिपय घर बाहिरै बसेको देखिन्छन् […]

लमजुङमा पौडी खेल्ने क्रममा डुबेर दुई किशोरीको मृत्यु

२ वैशाख, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका-३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुईजनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा खोलामा डुबेर १६ वर्षीया सिर्जना परियार र १३ वर्षीया नमूना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक […]

साइकलमा लमजुङ छिचोल्दा (फोटो फिचर)

१७ माघ, काठमाडौं । साइकलका पाइडल घुमाउँदै यसपालि लमजुङको सेरोफेरो छिचोलियो । मेरो ध्येय, पहाडी गोरेटोहरुमा साइक्लिङको आनन्द बटुल्नु मात्र थिएन । लमजुङले आफ्नो गर्भमा लुकाएका ती क्षेत्रहरुको खोजी गर्नु थियो, जो पर्यटकीय आकर्षण बन्न सक्छ । यस हिसाबले लमजुङको यात्रा अर्थपूर्ण रह्यो । सुन्दर हिमाल र डाँडाकाँडा हेर्दै ऐतिहासिक बिरासत बोकेको लमजुङको पुरानोकोट पुगियो […]

लमजुङको घलेगाउँमा पर्यटकको चहलपहल   

२० पुस, लमजुङ । गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङस्थित नमुना घलेगाउँमा यतिबेला पर्यटक आउन थालेका छन् । क्होलासोथर गाउँपालिका–३ घलेगाउँमा करीब १० महिना सकिनै लाग्दा आन्तरिक पर्यटकको चहपल हुन थालेको छ । कोभिडका कारण गत चैत ११ गतेदेखि सरकारद्वारा जारी लकडाउनपछि सुनसान बनेको घलेगाउँ घरबासमा केही दिनयता भने पर्यटकको आगमन हुन थालेको ग्रामीण घलेगाउँ पर्यटन […]

लमजुङमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ११ घाइते

३ मंसिर, लमजुङ । लमजुङको दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग १ ज ७१२७ नम्बरको जीप मंगलबार साँझ सडकबाट किसेदी खोलामा खस्दा पाचोककै ७० वर्षीय सोनी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला […]

लमजुङमा सुन्तलाको बोट छ, फल छैन

२ मङ्सिर, लमजुङ । लटरम्मै हुने गरी फल दिने सुन्तलाका बोटले फल दिन नसक्दा साविकको जिल्ला कृषि विकास कार्यालयले पकेट क्षेत्रमा सूचीकृत स्याउत गाउँमा केही वर्षदेखि बोट मात्रै छन् । सुन्तला बिक्रीबाट मात्रै वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका बेँसीशहर नगरपालिका–११ स्याउत गाउँका सुरेशबाबु पाण्डेका सुन्तलाको बोटले केही वर्षदेखि फल दिन छाडेको छ […]

लमजुङ र गोरखाको गुरुङ समुदायमा आजैदेखि सुरु भयो दसैं

३० असोज, काठमाडौं । नेपाल एकीकरण अघि लमजुङ राज्य र गोरखा राज्यले समेटेको भूभागका गुरूङ समुदायमा दसैं सुरु भएको छ । अन्य समूदायले शनिबार घटस्थापना र जमरा राख्ने तिथि तय भएको भएपनि गण्डकी प्रदेशका गुरुङ समुदायले मौल पूजाको लागि शुक्रबार नै जमरा राख्ने चलन रहेको नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं संस्कृतिविद् डा. जगमान गुरूङले जानकारी […]

तनहुँ र लमजुङ जोड्ने पक्की पुल निर्माण शुरु

१८ असोज, दमौली । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा तनहुँ र लमजुङ जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयको सहयोगमा तनहुँको व्यास नगरपालिका–८ सोतीबेँसी र लमजुङको मध्यनेपाल नगरपालिका–२ सोतीपसल जोड्न रिस्तीखोलामाथि पक्की पुल निर्माण शुरु भएको हो । उक्त पुलको शनिबार प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले शिलान्यास […]

विद्यार्थीलाई पढाए कारबाही गर्ने लमजुङ प्रशासनको चेतावनी

१२ असोज, काठमाडौं । लमजुङमा कोरोना महामारीकै बीच केही सामुदायिक तथा संस्थागत विद्यालय खुल्न थालेपछि प्रशासनले विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका विपरित सामुदायिक तथा संस्थागत विद्यालयहरुले विद्यार्थीहरुलाई भौतिक रूपमा उपस्थित गराई पठनपाठन सुरू गरेपछि जिल्ला प्रशासन कार्यालय लमजुङले विद्यालय सञ्चालनमा रोक लगाएको […]

१९ महिने बालिकासहित लमजुङका २२ जनामा कोरोना संक्रमण

२ साउन, पोखरा । गण्डकी प्रदेशमा थप २२ जनामा कारोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबै लमजुङका हुन् । संक्रमितहरु १९ महिनादेखि ७४ वर्ष उमेर समूहका छन् । उनीहरु सबैको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको थियो । लमजुङको ५ स्थानीय तहमा नयाँ कोरोना संक्रमित फेला परेका हुन् । कोरोना संक्रमण पुष्टि हुनेमा लमजुङ […]

लमजुङमा दुई दिन विद्युत आपूर्ति बन्द हुने

११ फागुन, लमजुङ । लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो । मध्यमर्स्याङदीदेखि तल्लो मर्स्याङ्दीसम्मको १३२ केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नं २ देखि टावर नं १ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द […]

सुन्दरबजारमा जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रसित

२४ पुस, लमजुङ । लमजुङको सुन्दरबजारमा वस्ती नजिकै जमिनबाट धुवाँ निस्किएपछि स्थानीयवासी त्रस्त भएका छन् । सुन्दरबजार नगरपालिका-९ सिउडीबारको वस्ती नजिकै बाँझो जमिनबाट धुवाँको मुस्लो निस्किएको हो । स्थानीयवासी सुनिता खनालको घर पछाडिको भिरालो जमिनबाट धुवाँ निस्कन थालेपछि प्रकोपको डरले स्थानीयवासी त्रस्त भएका हुन् । गत मंगलबारबाट सामान्य धुवाँ निस्किएको देखिएको थियो । पछिल्ला दिनमा धुवाँको […]

लमजुङ ‘ख’ मा एमालेका पृथ्वीसुब्बा गुरुङ विजयी

२३ मंसिर, लमजुङ । प्रदेश नं. ४ को मुख्यमन्त्रीका दाबेदार पृथ्वीसुब्बा गुरुङ लमजुङको प्रदेशसभा ‘ख’ बाट विजयी भएका छन् । वाम गठबन्धनका लागि एमाले उम्मेदवार गुरुङ ८ हजार मत अन्तरसहित विजयी भएका हुन् । गुरुङले २३ हजार १ सय ८८ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कांग्रेसका कृष्णप्रसाद कोइरालाले १५ हजार १ सय २२ मत ल्याएका […]

लमजुङ सदरमुकाम बेसीशहर अब सिसी क्यामेराको निगरानीमा

१८ जेठ,लमजुङ । लमजुङ सदरमुकाम बेसीशहर अब सिसी क्यामेराको निगरानीमा रहने भएको छ । बजारको चोक– चोकमा सिसिक्यामेरा जडान गरिएपछि बेसीशहर सिसी क्यामेराले निगरानी गर्ने भएको हो । आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने र बजारवासीलाई सुरक्षा प्रदान गर्ने मुख्य उद्देश्यका साथ सिसी क्यामेरा जडान गरिएको हो । लमजुङ उद्योग वाणिज्य संघ बेसीशहर इकाईको सक्रियतामा जडान गरिएको […]

लमजुङको राईनास नगरपालिकामा एमालेका सिंहबहादुर थापा बिजयी

५ जेठ, लमजुङ । स्थानीय तह निर्वाचन अन्तर्गत लमजुङको राईनास नगरपालिकामा एमालेका सिंहबहादुर थापा मेयर पदमा निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका गणेशप्रसाद सिलवाललाई १७५ मतले पछि पारे । सिलवालले ४०८२ मत प्राप्त गरे । राईनासमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रले चुनावी तालमेल गरेका थिए । तर उपप्रमुखको पद पाएको माओवादी […]

लमजुङको क्लो सोथार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित

५ जेठ, लमजुङ । लमजुङको क्लो सोथार गाउँपालिकामा नेकपा एमालेले विजय हासिल गरेको छ । गाउँपालिका प्रमुखमा एमालेका प्रेमबहादुर घले ३ हजार १ सय ४४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रघुनाथ गुरुङ ले १ हजार ९ सय मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेकै कुमारी गुरुङ विजयी […]

लमजुङको दूधपोखरी गाउँपालिकामा कांग्रेसका उम्मेदवार विजयी

३ जेठ, लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका छुपीमाया गुरुङ निर्वाचित भएकी छन् । माओवादी केन्द्रका सतिमाया तामाङलाई ६ सय ५७ मत अन्तरले हराउँदै गुरुङ विजयी भएकी हुन् । छुपिमाया गुरुङले २ हजार ४ सय १३ मत प्राप्त गरेकी छिन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी सतिमायाले १ हजार ७ सय ५६ मत ल्याएकी छिन् […]

लमजुङमा किरियापुत्रीले गरे मतदान

३१ बैशाख, लमजुङ । लमजुङमा चार दिनको किरियापुत्रीले समेत मतदान गरेका छन् । राइनास नगरपालिका-८ डौलियाडाँडाका किरियापुत्री दुर्गाबहादुर अधिकारीले रुद्रमावि हर्राबोट केन्द्रबाट मतदान गरेका हुन् । मतदान गर्नका लागि घरबाट एक घण्टा लामो बाटो खालि खुट्टा पैदल हिँडेर मतदान केन्द्रमा आएको उनले बताए । पुरोहितलाई साथमा लिएर आएका अधिकारीलाई सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएको […]