५ माघ, पोखरा । नेपाली कांग्रेसले लमजुङमा गमप्रसाद गुरुङलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ । लमजुङमा कांग्रेसको राजनीतिसँगै गाउँमा फर्किएर कृषि र जडिबुटी खेती गरिरहेका गमप्रसादलाई कांग्रेसले यसपटक टिकट दिएको हो ।
उनी नेपाली कांग्रेसको जिल्ला सभापतिमा डा. टकराज गुरुङसँग पराजित भएका थिए । टकराज अहिले गण्डकी प्रदेशको अर्थमन्त्री छन् । त्योभन्दा अघि उनी केन्द्रीय सदस्यमा उठेका थिए । कांग्रेसमा अहिले जिल्ला सदस्यमात्र रहेका उनी इमान्दार र स्वच्छ छविका नेता मानिन्छन् ।
कांग्रेसमा गगन थापा पक्षधर नेता गमप्रसादलाई एमाले उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङसँग प्रतिस्पर्धामा उतारेको छ । नेकपाबाट हरिजङ तामाङ उम्मेदवार छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका धर्म केसी उम्मेदवार छन् ।
तत्कालीनजिल्ला विकास समिति सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएर जितेका थिए । तितेपातीलगायत गाउँका जडिबुढी विदेश निर्यात गरेर सिर्जनाशीलता देखाएका गमप्रसादलाई लमजुङमा कांग्रेसले बलियो उम्मेदवारका रुपमा हेरेका छन् ।
प्रतिक्रिया 4