Comments Add Comment

लुटेरा

List Grid
मध्यराति जापानिज नागरिकलाई लुट्ने गिरोहको योजनाकार पक्राउ

६ फागुन, काठमाडौं । बौद्धमा एक वर्ष अगाडि जापानिज नागरिकलाई कुटपिट गरी मध्यराति लाखौं रुपैयाँ र बहुमूल्य जी–मालाको लुटपाट भएको घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । भारतको नयाँ दिल्लीबाट प्रहरीले काठमाडौं–६, फुलबारी बस्ने ३२ वर्षीया जिना लामालाई पक्राउ गरेको हो । लामालाई भगाउन सहयोग गरेको आरोपमा काभ्रेको कानपुर कालापानी–५ का रामसिंह तामाङ […]

सहकारीका कर्मचारीलाई खुकुरी प्रहार गरी लुट्ने गिरोह समातियो

१७ पुस, काठमाडौं । खुकुरी प्रहार गरी लुटपाटमा संलग्न गिरोहका ५ जना सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा असनका रोहन नेपाली शाही, थानकोटका अभय तुलाधार, जुम्लाका हरि शर्मा, चक्रपथका अमित तुलाधर र नरदेवीका रोहित शाही छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका अनुसार उनीहरुले मैतीदेवीको सन्दुस बचत तथा ऋण सहकारी संस्थामा […]

मुलपानीमा प्रहरी र लुटेराबीच मुठभेड, नाइके खुँडे घाइते

७ असार, काठमाडौं । काठमाडौंको मुलपानीमा लुटेरा र प्रहरीबीच मुठभेड भएको छ । महानगरीय अपराध महाशाखाको टोली र लुटेरा खुँडे भनिने अमरबहादुर तामाङबीच मुठभेड भएको हो । प्रहरी टोलीमाथि तामाङले आक्रमण गर्न खोजेपछि प्रहरीले दुई राउण्ड गोली चलाएको महाशाखाका वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले अनलाइनखबरलाई जानकारी दिए । उनका अनुसार तामाङको खुट्टामा गोली लागेको छ […]

स्वयम्भूबाट ८२ लाख लुटेको आरोपमा ७ पक्राउ

२६ वैशाख, काठमाडौं । गत वैशाख ७ गते स्वयम्भू पहेँलो गुम्बाबाट ८२ लाख लुटेको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । जनकपुरका बिशाल साहसँग रहेको ८२ लाख नगद लुटेर फरार भएका मध्ये सात जनालाई महानगरीय प्रहरी बृत स्वयम्भूको टोलीले पक्राउ गरेको हो । साहले आफु लुटिएपछि केहि दिनपछि मात्र प्रहरीलाई जानकारी गराएका थिए । […]