Comments Add Comment

शुल्क

List Grid
बढी शुल्क लिने मेडिकल कलेजलाई कडा निर्देशन दिने तयारी

३ असार, काठमाडौं । बढी शुल्क लिइरहेका मेडिकल कलेजहरुको सम्बन्धन खारेज गर्न प्रतिनिधि सभा शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतगठित उपसमितिले निर्देशन दिने गृहकार्य थालेको छ । मंगलबार बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसद योगेश भट्टराईले केही मेडिकल कलेजको सम्बन्धन खारेज गर्न निर्देशन दिनुपर्ने अवस्था रहेको बताए । ‘कतिपय मेडिकल कलेजहरुको सम्बन्धन नै खारेज गर्न […]

शैक्षिक शुल्क वृद्धि : महानगरले फिर्ता लियो, विद्यालयले टेरेनन्

२० वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाले शुल्क वृद्धि फिर्ता लिने निर्णय गरे पनि महानगरभित्रका विद्यालयहरूले वास्ता गरेका छैनन् । गत फागुनमा गरेको ६० प्रतिशतसम्म गरिएको शुल्क वृद्धि १२ वैैशाखमा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको शिक्षा समितिको बैठकले फिर्ता लिने निर्णय गरेको थियो । शुल्क वृद्धिको चर्को विरोधपछि महानगरपालिकाले शिक्षा ऐन र विद्यालय शिक्षा व्यवस्थापन नियमावली–२०७४ […]

विद्यालय शुल्क विवादः रंगमञ्चमा उदेकलाग्दो नौटंकी

‘भर्ना शुल्क घटाउ, नभए खरो आन्दोलन गर्छौं ।’ जब नयाँ शैक्षिक सत्र सुरु हुन्छ, नेपथ्यमा यस्तो आवाज चर्कंदै जान्छ । एकाध विद्यालयका झ्याल-ढोका तोडिन्छन् । स्कुल बसमा आगो सल्काइन्छ । गेटमा भोटेताल्चा झुन्ड्याइन्छ । विद्यार्थी एवं तिनका अभिभावकप्रति साहानुभूतिका ‘रेडिमेड डाइलग’ बोलिन्छ । केही समयपछि- नेपथ्यका आवाजहरु मत्थर हुँदै जान्छन् । रंगमञ्च सुनसान हुन्छ । […]

भक्तपुरले गर्यो निजी विद्यालय शुल्क निर्धारण, कुनको शुल्क कति ?

५ वैशाख, भक्तपुर । जिल्ला शिक्षा कार्यालय भक्तपुरले जिल्लामा रहेका संस्थागत विद्यालयको शुल्क निर्धारण गरेको छ । जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीको संयोजकत्वमा बसेको विद्यालय वर्गीकरण एवम् शुल्क अनुगमन समितिको बैठकले जिल्लामा रहेका क, ख, ग र घ श्रेणीका विद्यालयको शुल्क निर्धारण गरेको हो । संस्थागत विद्यालयले पेस गरेको शुल्क प्रस्ताव विश्लेषण गर्दै शैक्षिक सत्र […]

मनोमानी शुल्क लिने स्कुललाई कारवाही नगरे आन्दोलनमा उत्रनेे चेतावनी

१२ जेठ काठमाडों । मनोमानी रुपमा शुल्क लिने निजी विद्यालयललाई सरकारले कारवाही नगरेकोमा विद्यार्थी संगठनहरुले आपत्ति जनाएका छन् ।  अनुगमन गर्दा अविभावकहरुसँग मनोमानी रुपमा शुल्क लिने निजी विद्यालयहरुलाई कारबाही नगरेको भन्दै आपत्ति जनाएका हुन् । बुधबार बसेको संयुक्त विद्यार्थी संगठनहरुको बैठकले  शिक्षा मन्त्रालयको नेतृत्वमा गरिएको अनुगमनका क्रममा मनपरी शुल्क लिइएको पाइएको भए पनि सरकारले कुनै […]

विद्यालयको शुल्क अनुगमन गर्न उच्चस्तरीय समिति गठन

२४ वैशाख, काठमाडौं । विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका कार्यान्वयन भए नभएकोबारे अनुगमन गर्न शिक्षा मन्त्रालयका अधिकारीसमेत सम्मिलित उच्चस्तरीय समिति गठन गरिएको छ । यसअघि प्रमुख विद्यार्थी संघ-संगठनहरुले विद्यालयहरुको अनुगमन गर्दै आएका थिए । शिक्षा मन्त्रालयमा शुक्रबार विद्यार्थी नेताहरु, विद्यालय सन्चालक र काठमाडौं उपत्यकाका जिल्ला शिक्षा अधिकारीहरुको संलग्नतामा वार्ता भएको थियो । वार्तामा केन्द्रमा शिक्षा […]

कक्षा १ को मासिक शुल्क २८ हजार !

२३ वैशाख, काठमाडौं । विद्यार्थीसँग मनपरी शुल्क असुल्दै आएका राजधानीका निजी विद्यालयले मासिक शुल्क २८ हजार रुपैयाँसम्म लिने गरेका छन् । राजधानीमा सञ्चालित केही निजी विद्यालयमा बुधवार अनुगमन गर्दा यस्तो पाइएको आजको अन्नपूर्ण पोस्ट दैनिकले जनाएको छ । प्रचलित नियमकानुनको बेवास्ता गर्दै शुल्क उठाएको गुनासो आएपछि शिक्षा विभाग नेतृत्वको टोली र मुख्य दल निकट विद्यार्थी […]

एक कक्षाको मासिक शुल्क २८ हजार !

२२ वैशाख, काठमाडौं । संयुक्त विद्यार्थी संगठनले गरेको अनुगमनमा निजी विद्यालयहरुले चर्को शिक्षण शुल्क असुलेको भेटिएको छ । बुधबार ललितपुरमा गरिएको अनुगमनमा निजी विद्यालयहरुले सरकारी मापदण्ड मिच्दै चर्को शुल्क असुलेको भेटिएको हो । चापागाउँस्थित युलेन्स स्कुलले कक्षा १ मा पढ्ने विद्यार्थीका अभिभावकरुबाट मासिक शुल्क २८ हजार रुपैयाँसम्म असुलेको पाइएको छ । अनुगमनमा सहभागी नेपाल विद्यार्थी […]

विद्यार्थीहरुले नियम विपरितको शुल्क फिर्ता गराउन दबाव दिने

२१ वैशाख, काठमाडौं । विभिन्न राजनीतिक दल सम्बद्ध विद्यार्थी संगठनहरुले निजी तथा आवासीय विद्यालयहरुले अभिभावकसँग नियमविपरित उठाएको शुल्क फिर्ता गराउन दवाब दिने भएका छन् । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरुको मंगलबार काठमाडौंमा बसेको संयुक्त बैठकले निजी तथा आवासीय विद्यालयहरुले मनपरीरुपमा शुल्क असुलीरहेको निष्कर्षसहित नियमविपरित उठाइएको शुल्क फिर्ता गराउन दवाब दिने निर्णय गरेको […]