+
+
Shares

शाखा समायोजन गर्दा ग्राहक सेवा बन्द गर्न चाहे शुल्क लिन नपाइने 

एउटै महानगरभित्रका बहुशाखा समायोजन गर्दा सेवा बन्द गर्न चाहने ग्राहकलाई शुल्क लिन नपाइने व्यवस्था गरिएको हो ।  

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २९ गते १३:०२
Listen News
0:00
0:30
🔊

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाले एउटै महानगरभित्र बहुशाखा समायोजन गर्दा सेवा बन्द गर्न चाहने ग्राहकलाई शुल्क लिन नपाउने निर्देशन जारी गरेको छ।
  • बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको पूर्व स्वीकृतिविना शाखा बन्द गर्न, स्थानान्तरण गर्न वा गाभ्न नपाउने व्यवस्था गरिएको छ।
  • शाखा समायोजन गर्नुअघि कम्तीमा ९० दिन सूचना प्रकाशित गर्नुपर्ने र समायोजनपछि ३ कार्यदिनभित्र राष्ट्र बैंकमा जानकारी पेस गर्नुपर्ने व्यवस्था छ।

२९ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाले एकभन्दा बढी शाखा समायोजन गर्दा ग्राहकले सेवा बन्द गर्न चाहे शुल्क लिन नपाउने भएको छ ।

केन्द्रीय बैंकले सोमबार निर्देशन जारी गर्दै एउटै महानगरभित्र रहेका बहुशाखा समायोजन गर्दा सेवा बन्द गर्न चाहने ग्राहकलाई शुल्क लिन नपाइने व्यवस्था गरेको हो ।

केन्द्रीय बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको पूर्व स्वीकृतिविना शाखा वा कुनै पनि किसिमको कार्यालय बन्द गर्न वा स्थानान्तरण गर्न वा गाभ्न पाउँदैनन् । तर, महानगरभित्रका शाखा समायोजन गर्न सक्छन् ।

विद्युतीय भुक्तानी कारोबार बढी रहेको तथा वित्तीय संस्थाको शाखा उल्लेख्य रहेका सन्दर्भमा बैंक तथा वित्तीय संस्था स्वयंले महानगरमा रहेका शाखा समायोजन/एकीकरण गर्न सक्नेछन् ।

त्यसैगरी सरकारी निकाय वा सार्वजनिक संस्था लक्षित गरी स्थापना भएका शाखाका हकमा उक्त संस्थाको लिखित सहमतिपछि मात्र शाखा समायोजन गर्न सकिने व्यवस्था केन्द्रीय बैंकले गरेको छ ।

त्यसैगरी शाखा समायोजन गर्नुपूर्व सरोकारवालाको जानकारीका लागि कम्तीमा ९० दिनको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिका, सम्बन्धित संस्थाको वेबसाइट र उक्त शाखाको सूचनापाटीमा समेत प्रकाशन गर्नुपर्ने छ ।

दुई वा त्यसभन्दा बढी शाखा समायोजन हुने अवस्थामा समायोजन हुने शाखाका ग्राहकले उक्त संस्थाको कर्जा चुक्ता गर्न चाहे वा अन्य सेवा बन्द गर्न चाहे कुनै पनि प्रकारका शुल्क नलिई कर्जा चुक्ता वा सेवा स्थगित गर्न सक्ने व्यवस्था मिलाउन समेत केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

शाखा समायोजन गरेको ३ कार्यदिनभित्र बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकमा पेस गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?