Comments Add Comment

सत्य निरुपण तथा मेलमिलाप आयोग

List Grid
राष्ट्रियसभामा बैठक सारेर बेपत्ता आयोग विधेयक पेश गरिँदै

२५ माघ, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन एवं सत्य निरुपण तथा मेलमिलाप आयोग (दोस्रो संशोधन) विधेयकबारे जानकारी दिन राष्ट्रियसभा बैठक बोलाइएको छ । आगामी आइतबारका लागि निर्धारित बैठक विधेयकबारे जानकारी दिन भन्दै शुक्रबारका लागि सारिएको छ । बैठक आज बिहान साढे १० बजे शुरु हुने संसद सचिवलायले जनाएको छ । बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र […]

सत्य निरुपण र वेपत्ता छानबिन आयोग पुनर्गठन गर्न माग

२७ चैत, काठमाडौं । जवाफदेहिता निगरानी समितिले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोग पुनर्गठन गर्न सरकारलाई आग्रह गरेको छ । संक्रमणकालीन न्यायको क्षेत्रमा क्रियाशील अधिकारकर्मीहरुको यस समितिले आयोगको कार्यशैली र कामको परिणामलाई हेर्दा पुनर्गठन नगरी समस्या समाधान नहुने भन्दै पुनर्गठनको माग गरेको हो । संयोजक चरण प्रसाईद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘आयोगहरुले […]

सत्य निरुपणका अध्यक्ष तेल हाल्छन्, कार्यालय आउँदैनन्

१९ फागुन, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगका अध्यक्ष सूर्यकिरण गुरुङ कार्यालयमा हाजिर हुन छाडेका छन् । कार्यालयमा अध्यक्ष अनुपस्थित भएपछि करिब ३ साता यता आयोगले केही पनि काम गर्न सकेको छैन । ‘केही सातायता अध्यक्षज्यू कार्यालयमा आउनुभएको छैन,’ आयोग स्रोतले अनलाइनखबरसँग भन्यो, ‘अध्यक्षको अनुपस्थितिका कारण आयोगको बैठक नै बस्न सकेको छैन ।’ अध्यक्ष […]

सत्य निरुपण र वेपत्ता आयोगको म्याद एक वर्ष थपियो

२७ माघ, काठमाडौं । सरकारले १० वर्षे सशस्त्र जनयुद्धका क्रममा भएको जघन्य घटना छानविन गर्न गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद एक बर्ष थप्ने निर्णय गरेको छ । दुई वर्षका लागि गठन भएको आयोगको म्याद आजबाट सकिदै थियो । तर आयोगले गर्नुपर्ने काम नसकिएकाले सरकारले पुनः एक […]

सत्यनिरुपण आयोगका पदाधिकारीको बोर्ड झिकियो, पीडित हेरेको हेर्‍यै

२७ माघ, काठमाडौं । दुई वर्षअघि स्थापना भएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको बोर्ड बिहीबार कर्मचारीहरुले झिकेका छन् । आयोगको म्याद बुधबारदेखि समाप्त भएकाले बबरमहलस्थित कार्यालयभित्र प्रवेश गर्नासाथ देखिने पदाधिकारीहरुको नाम लेखिएको बोर्ड कर्मचारीहरुले निकालेका हुन् । आयोगका पदाधिकारीले सिफारिस गरेको अवस्थामा एकवर्षसम्म आयोगको म्याद थप्न सकिने प्रावधान थियो । विहीबार बस्ने मन्त्रिपरिषद बैठकले […]

‘राजीनामा दिन्छु’ भन्दै बैठक छाडेर हिँडे सत्यनिरुपणका अध्यक्ष

२१ माघ, काठमाडौं । सत्य निरुपण आयोगको बैठकमा विवाद चर्किएपछि अध्यक्ष सूर्यकिरण गुरुङ ‘राजीनामा दिन्छु’ भन्दै कार्यालय छाडेर हिँडेका छन् । बिहीबार आयोगको गाडी चडेर बाहिरिएका गुरुङले शुक्रबार बिहान कार्यालयमा नआई ड्राइभर र गाडी फिर्ता पठाइदिएका छन् । आयोगमा माओवादीको दबाव सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद यही माद्द २७ गते सकिँदैछ । कानूनतः आयोगले […]

प्रचण्डकै शासनमा माओवादी नेता खेप्दैछन् युद्धकालीन मुद्दा

१७ माघ, ओखलढुंगा । सत्य निरुपण तथा मेलमिलाप आयोगले माओवादी सशस्त्र द्वन्द्वका बेलामा राज्य र विद्रोही दुवै पक्षबाट भएका ज्यादतीका घटनाको छानविन गर्ने भनिएको थियो । तर यही प्रकृतिका घटनामा ओखलढुंगा जिल्लामा भने सत्तारुढ माओवादी केन्द्रको सिंगो जिल्ला र केन्द्रीय नेतृत्व अहिलेसम्म फौजदारी मुद्दा खेप्न बाध्य छ । माओवादी अध्यक्ष तथा जनयुद्धका कमाण्डर प्रचण्ड प्रधानमन्त्री […]

सत्य निरुपण र बेपत्ता आयोगको म्याद थप्ने सरकारको गृहकार्य

१७ माघ, काठमाडौं । शान्ति तथा पुनर्निर्माण मन्त्रालयले १० वर्षे सशस्त्र द्वन्द्व व्यवस्थापनका लागि गठन गरिएका वेपत्ता छानविन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद थप्ने गृहकार्य थालेको छ । मन्त्रालयले दुवै आयोगको म्याद थपको प्रस्ताव प्रधानमन्त्री समक्ष पेश गर्न आन्तरिक तयारी गरेको मन्त्रालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टराईले जानकारी दिएका छन् । उनले भने, ‘अहिलेको […]

म्याद थप्नेबारे सत्यनिरुपण आयोगमा लफडा

१२ माघ, काठमाडौं । बेपत्ता नागरिकहरुको छानविन गर्न बनेको बेपत्ता सम्बन्धी आयोगले समयमा काम सम्पन्न गर्न नसकेको भन्दै म्याद थपका लागि सरकारसमक्ष सिफारिस पठाएको छ । तर, सत्य निरुपण तथा मेलमिलाप आयोगले भने विवादका कारण म्याद थपको निर्णय गर्न सकेन । एकैचोटि गठन भएका सत्य निरुपण तथा मेलमिलाप आयोग तथा बेपत्ता छानविन आयोगको म्याद आगामी […]

सत्यनिरुपण आयोगले फागुनदेखि अनुसन्धान थाल्ने, द्वन्द्वपीडितले राजधानी धाउनु नपर्ने

२६ पुस, बिराटनगर । सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्व पीडितहरुको उजुरीमाथि फागुन दोस्रो साताबाट अनुसन्धान थाल्ने भएको छ । त्यसका लागि प्रदेशस्तरमा कार्यालय स्थापनाको तयारी थालिएको छ । सातै प्रदेशमा कार्यालय आयोगकी सदस्य मञ्चला झाले केन्द्रमा बसेर अनुसन्धान गर्न आर्थिक, जनशक्ति लगायतका समस्या हुने भएकाले सातैवटा प्रदेशमा आयोगको कार्यालय स्थापना गरी अनुसन्धानको काम अगाडि […]

‘प्रचण्ड र देउवालाई एकै दिन भए पनि जेल हाल्नुपर्‍यो’

७ मंसिर, काठमाडौ । सत्य निरुपण तथा मेलमिलाप आयोगमामा अहिले तीनवटा विषय चर्चामा छन्ः पहिलो हो– प्रचण्ड र शेरबहादुर देउवालाई कमसेकम एकै दिन भए पनि जेल हाल्ने चर्चा । दोस्रो–उजुरीको संख्याको हिसाबले नेपाल रुवाण्डापछिको दोस्रो स्थानमा पुगेको चर्चा । र, तेस्रो– सत्यनिरुपण आयोगमा बजेट र कर्मचारी अभावको चर्चा । रुवाण्डामा सवा लाख, नेपालमा ६० हजार […]

युद्धको घाउ कसरी दुःख्छ ? सविता र पवितालाई सोध (भिडियो सहित)

१३ भदौ, काठमाडौं । कोही किन रुन्छ ? पीडाबीच बाँचेको जीवनमा सानो खुसीले पनि रुवाउँछ मानिसलाई । माओवादी जनयुद्धमा आमा गुमाएका दुई अनाथ किशोरी सविता र पविताका आँखा रसाएपछि अरु जवाफ केही चाहिन्न । सत्य निरुपण तथा मेलमिलाप आयोगमा द्वन्द्व पीडितहरुले तत्कालीन राज्य पक्ष र माओवादी पक्ष विरुद्ध उजुरी दिइरहेका बेला यी दुई किशोरी भने […]

एमाले माओवादी सम्बन्धः जोगी र भैंसीजस्तो !

समाचार टिप्पणी । केपी ओलीसँगको सत्ता सहकार्य भत्काउनुको कारणबारे प्रचण्ड र वर्षमान पुन अनन्तले भन्ने गरेका राजनीतिक तर्क एमालेभित्रै बहसमा छन् । तर, प्रचण्ड र अनन्तबाट शान्ति प्रक्रियाका सन्दर्भमा लगाइएका आरोपलाई भने सिंगो एमाले पंक्तिले गम्भीररुपमा लिएको उच्च स्रोतले जनाएको छ । ओलीले भने-प्रचण्डलाई सघाउनू प्रचण्डसँग रीसले चूर भए पनि एमाले अध्यक्ष केपी ओली शान्ति […]

आयोगमा उजुरी दिनेले मागे सुरक्षा

४ असार, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी गर्नेहरुले आयोगसमक्ष सुरक्षाको माग गरेका छन् । झापाको बिर्तामोडमा आयोगका सदस्य र बेपत्ता परिवारबीच शुक्रबार भएको छलफलमा उनीहरुले आफूहरुले दोषी किटान गरेर उजुरी गरिएकाहरुबाट आफूहरु असुरक्षित रहेको बताएका थिए ।  आयेगका सदस्य विष्णु पाठकले असुरक्षित महसुस गर्नेका लागि सुरक्षाका लागि लेखेर पठाउने बताए । २०५९ […]

द्वन्द्वपीडितले उजुरी गर्ने म्याद ३० दिन थपियो, ३३ हजार उजुरी दर्ता भए

३ असार, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोगले दश वर्षे जनयुद्धका क्रममा राज्य र तत्कालीन विद्रोही पक्षबाट पीडित पक्षले उजूरी दिने म्याद एक महिना थप गरेको छ । यसअघि आयोगले ६० दिनको समय दिएर उजुरी संकलन गरेको थियो । दुई महिनामा आयोगमा हत्या, यौन शोषण तथा दुर्व्यवहार, कुटपिट र गम्भीर प्रकारका मानवअधिकार उल्लंघन भएको […]

देउवाले दिए प्रचण्डविरुद्ध उजुरी !

३ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । नेपाली कांग्रेस जिल्ला कार्य समिति डडेल्धुराको बिहीबार बसेको बैठकले शान्ति समिति डडेल्धुरामार्फत आयोगमा दाहालविरुद्ध देउवाका तर्फबाट उजुरी दर्ता भएको हो । सभापति देउवाकै निर्देशनमा आयाेगमा उजुरी दर्ता गराइएको डडेल्धुरा कांग्रेसले जनाएको छ […]

प्रचण्ड र बादलसहितका माओवादी नेताविरुद्ध सत्य निरुपणमा उजुरी

१ असार, काठमाडौं । ओखलढुंगाको ज्ञानप्रकाश मावि घोराखोरीका तत्कालीन शिक्षक गुरुप्रसाद लुइँटेलको अपहरणपछि हत्या गरेको सन्दर्भमा दोषीमाथि कारवाही माग गर्दै छोरा फणिन्द्र लुइँटेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गराएका छन् । बबरमहलस्थित आयोगको कार्यालयमा पुगेर लुइँटेलले तत्कालीन नेकपा माओवादीका अध्यक्ष प्रचण्ड, पूर्वी कमाण्ड इञ्चार्ज रामवहादुर थापा ‘बादल’, माओवादी केन्द्रका […]

सत्यनिरुपण आयोगमा पूर्वराजा ज्ञानेन्द्र र पाँच पूर्व प्रधानमन्त्रीविरुद्ध उजुरी

३० जेठ, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पाँचजना पूर्वप्रधानमन्त्रीमाथि कारवाहीको माग गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी परेको छ । द्वन्द्वका बेला नेपाली सेनाले २७ महिनासम्म बेपत्ता अवस्थामा राखेका माओवादी केन्द्रका नेता केसीले आइतबार आयोगमा पुगेर पूर्वराजा ज्ञानेन्द्र शाह तथा पूर्वप्रधानमन्त्रीहरु गिरिजाप्रसाद कोइराला, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, कृष्णप्रसाद भट्टराई र शेरबहादुर देउवामाथि कारवाहीको माग […]

पूर्वराजा ज्ञानेन्द्र र पूर्व प्रधानमन्त्री सूर्यबहादुर बिरुद्ध उजुरी

२८ जेठ, काठमाडौं । रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले पूर्वराजा ज्ञानेन्द्र शाह, दिवंगत पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापालगायतविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दिएका छन् । पीडित १५ परिवारले बिहीवार आयोगको कार्यालय बबरमहलमा उपस्थित भएर उजुरी दिएका हुन् । उजुरी दिँदै उनीहरुले स्वतन्त्र र कुनै प्रभावमा नपरी घटनाको छानबिन गर्न र दोषी उपर कारबाही गरी न्याय दिलाइदिन […]

दोरम्बा हत्याकाण्डका पीडितद्वारा सत्य निरुपण आयोगमा सामूहिक उजुरी दर्ता

२७ जेठ, काठमाडौं । रामेछापको दोरम्बा हत्याकाण्डका पीडितहरुले बिहीबार सत्य निरुपण तथा मेलमिलाप आयोगमा सामुहिक उजुरी दिएका छन् । सशस्त्र जनयुद्धका क्रममा रामेछापको दोरम्बामा तत्कालीन शाही नेपाली सेनाद्वारा मारिएका १५ जनाको परिवारले आयोगको कार्यालय बबरमहलमा सामुहिक उजुरी दिएका हुन् । आयोगले जिल्लाको शान्ति समिति मार्फत उजुरी दर्ता गर्ने ब्यवस्था गरेपनि अन्तराष्ट्रिय रुपमा समेत ठूलो मानिएको […]

द्वन्द्वकालीन मु्द्दा मेलमिलाप आयोगबाट टुंगो लगाऊः नयाँ शक्ति

२४ जेठ, काठमाडौं । नयाँ शक्ति नेपालले द्वन्द्वकालीन मुद्दा सत्य निरुपण तथा मेलमिलाप आयोगबाट किनारा लगाउन सरकारको ध्यानाकर्षण गराएको छ । द्वन्द्वकालको मुद्दामा आइतबार पक्राउ परेका आफ्ना सप्तरी संयोजक एवम् केन्द्रीय परिषद सदस्य अरुण साहलाई रिहा गर्न पनि नयाँ शक्ति नेपालले माग गरेको छ । नयाँ शक्ति नेपालका प्रवक्ता खिमलाल देवकोटाले सोमबार जारी गरेको विज्ञप्तिमा […]