५ मंसिर, काठमाडौं । विस्तृत शान्ति सम्झौता भएको दुई दशकसम्म पनि न्याय नपाएको भन्दै द्वन्द्वपीडितहरुले सत्य निरुपण तथा मेलमिलाप आयोगमा धर्ना दिएका छन् ।
उनीहरुले दलीय भागबण्डाको आधारमा पदाधिकारी नियुक्त आयोगले न्याय दिन नसक्ने भन्दै धर्ना दिएका हुन् । उनीहरुले आयोगका पदाधिकारीहरुको राजीनामा समेत मागेका छन् ।
धर्नामा बसेकाहरुले बोकेको ब्यानरमा लेखिएको छ, ‘विधि प्रक्रिया र मापदण्ड मिचिेर फेरि तेस्रोपटक पनि दलीय भागबण्डा र नेताको खल्तीबाट गठित र राजनीतिक नेतृत्वबाट नियन्त्रित सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल खारेज गर ।’
उनहरुले पदको लोभ त्यागेर राजीनामा दिन पनि पदाधिकारीहरुलाई आग्रह गरेका छन् । साथै नयाँ पदाधिकारी नियुक्तिका लागि विश्वसनीय र पारदर्शी प्रक्रिया अपनाउन पनि अनुरोध गरेका छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4