Comments Add Comment

सीमा नाका

List Grid
सीमा नाका खोल्न लुम्बिनीका व्यवसायीको माग

२८ भदौ, बुटवल । लुम्बिनी प्रदेशका व्यवसायीहरुले कोरोना संक्रमण घट्दै गएकाले सम्पूर्ण सीमा नाका खोल्नुपर्ने माग गरेका छन् । लुम्बिनी नागरिक समाजको अगुवाइमा सोमबार व्यवसायीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै मुख्य नाकाबाटै आवतजावत गर्न दिन माग गरेका हुन् । कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र बोकेका भारतीय र विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल आउन दिनुपर्ने व्यवसायीको […]

निषेधाज्ञाको बेला नेपाल आउँदै हुनुहुन्छ ? यी १३ नाकाबाट मात्र पाइन्छ

२८ वैशाख, काठमाडौं । सरकारले भारतबाट नेपाल आउन चाहनेहरुको लागि देशभरका १३ वटा नाका खुला गरेको छ । कोरोना महामारी नियन्त्रणको लागि यसअघि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गरिएकोमा घर फर्किन चाहने नेपालीहरुको सहजताका लागि यी नाकाहरु खुला गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ट्वीटमार्फत जानकारी दिएका छन् । अहिले देशभर ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक […]

कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ

१३ वैशाख, धनगढी । स्थानीय प्रशासनले भारतसँग जोडिएका कैलाली र कञ्चनपुरका सीमा नाकामा थप कडाइ गर्ने निर्णय गरेको छ । सोमबार धनगढीमा बसेको अन्तरजिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले दिएको सुझावका आधारमा गौरीफन्टा र गड्डाचौकी नाकामा थप कडाइ गर्ने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिए । उनले दुवै जिल्लामा किनमेल लगायतका […]

कोरोना जोखिममा किनमेल गर्न जोगबनी पुगे सिडिओ

१५ चैत, विराटनगर । कोरोना संक्रमणको जोखिमका कारण मोरङकाे सीमा नाकामा कडाइ गरिएको छ । तर शनिबार सुनसरीका प्रमुख जिल्ला अधिकारी किनमेल गर्न सीमावर्ती भारतीय बजार जोगबनी पुगे । शनिबार परिवारसहित सरकारी गाडीमा आएका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल जोगबनी पुगेका हुन् । शनिबार बिदाको दिन सरकारी गाडी दुरुपयोग गर्दै जोगबनी पुगेपछि स्थानीय युवाले गाडी रोकेका थिए […]

सर्लाहीमा सीमा नाका खुलाउन जिल्ला बन्द

१ पुस, जनकपुरधाम । भारतसँगको सीमा नाका खोल्नुपर्ने मुख्य माग राख्दै बुधबार सर्लाही जिल्ला बन्द गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको आह्वानमा सर्लाही जिल्लाका सबै स्थानीय तह बन्द गरिएको हो । भारतसँगको सीमा नाका खोलाउनुपर्ने र हुलाकी सडक निर्माणको कामलाई तीब्रता दिन माग राख्दै आफूहरुले जिल्ला बन्द गराएको समन्वय समितिका प्रमुख चौधरीले […]

सीमा क्षेत्रका समस्याप्रति गृह मन्त्रालय गम्भीर छ : सचिव न्यौपाने

२८ मंसिर, रौतहट । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले सीमा नाका लामो समय बन्द हुँदा सीमा क्षेत्रका वासिन्दालाई परेका समस्याप्रति आफूहरु गम्भीर रहेको बताएका छन् । कोरोना भाइरस महामारी रोकथामका लागि भन्दै सरकारले गत चैतमा बन्द गरेको सीमा नाका मंसिर मशान्तसम्म जारी राखेको छ । तर रौतहट जिल्लालगायत सीमावर्ती क्षेत्रका वासिन्दाले सीमा नाका खोल्न माग […]

नाका खोल्न माग गर्दै विराटनगरमा प्रदर्शन

१९ मंसिर, विराटनगर । नाका खुला गर्न माग गर्दै विराटनगरको सीमावर्ती क्षेत्रमा प्रदर्शन सुरु भएको छ । ११ चैतयता बन्द भएको नाका खुला गर्न माग गर्दै नेपाल भारत खुला सीमा संवाद समूह प्रदेश १ ले सीमा क्षेत्रमा प्रदर्शन सुरु गरेको हो । समूहले शुक्रबार नाका खुला गर्न माग गर्दै सीमा क्षेत्रमा धर्ना दिएको छ । […]

सीमा नाका आवतजावत : कतै सास्ती, कतै मस्ती

११ मंसिर, काठमाडौं । जिल्ला प्रशासन कार्यालय (जिप्रका), रौतहटले बिहीबारदेखि गौर नाकाबाट नेपाली नागरिकलाई भारततर्फ जान अनुमति दिने निर्णय गर्‍यो । स्थानीयले दुई साता लामो धर्ना दिएपछि जिप्रका यो निर्णयमा पुगेको हो । नौ महिनादेखि बन्द नेपाल भारत सीमा नाकामा आवागमन खुला गर्नुपर्ने माग गर्दै रौतहटको गौरमा स्थानीयले थाल ठटाएर प्रर्दशन गरेका थिए । नागरिक […]

भारतसँगको सीमा नाका खुला गर्न जसपाको माग

९ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले नेपाल भारत सीमा नाका खुला गर्न माग गरेको छ । चैत १० देखि सरकारले अन्तराष्ट्रिय सीमा नाका बन्द गरेको छ । तर नेपाली नागरिकहरुलाई नेपाल आउन १४ वटा नाका तोकिएको छ । लामो समय नाका बन्द हुँदा जीवन थप कष्टकर बनेको भन्दै केही जिल्लाको समिा क्षेत्रका बासिन्दाले […]

भारतले एकतर्फी नाका खोलेपछि सीमा क्षेत्रमा समस्या

६ कात्तिक, वीरगञ्ज । नेपालसँगको भारतीय नाका खुलेपछि सीमा क्षेत्रमा आवतजावत बढेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि मार्च २३ तारिखदेखि नै नेपाल र भारत दुबै देशले सीमा नाका बन्द गरेका थिए । तर बिहीबार बिहानै नाका वरपर दुवै देशका सर्वसाधरणको भिड लाग्यो । नेपाली भारत जान खोज्ने र भारतीय पनि नेपाल आउन […]

दशैंको मुखमा काम खोज्न भारत जानेको भीड

११ असोज, कैलाली । २० बर्षसम्म भारत बसेका बझाङको बुंगल नगरपालिका– १ डौडका रामहरि रोकायाले एकाधबाहेक दशैं र तिहार गाउँमा परिवारका सदस्यसँगै मनाए । अरु बेलामा कामका लागि बाहिर गए पनि दशैं तिहारका बेला भने घरै आइपुग्थे । तर यस वर्ष दशैं सुरु हुन एक महिना पनि बाँकी नहुँदा उनी भारत जाँदैछन् । ‘दसैँमा खर्च […]

अस्ट्रेलियाले सीमा नाका थप खुकुलो बनाउँदै 

२ असोज, काठमाडौं । अस्ट्रेलिया सरकारले आफ्नो मुलुक फर्किन चाहने मानिसहरुका लागि सीमा नाका खुकुलो पार्नसक्ने बताएको छ । शुक्रबार अस्ट्रेलिया सरकारले अब प्रतिसाता ६ हजार नागरिकलाई मुलुक फर्किन दिने तयारी गरिरहेको बताएको हो । अस्ट्रेलियाका राज्यहरुले आफ्नो क्वारेन्टिनको क्षमता बढाएसँगै अक्टोबरमध्यबाट सातामा थप दुई हजार नागरिकहरुलाई मुलुक फर्किन अनुमति दिइने प्रधानमन्त्री स्कट मौरिसनले बताएका […]

साउदी अरेबियाले खोल्यो सीमा नाका

९ भदौ, काठमाडौं । साउदी अरेबियाले मुलुकको सीमा नाका खोल्ने निर्णय गरेको छ । सोमबार साउदी अरेबियाले आफ्ना नागरिक र गैर साउदी नागरिकाका लागि सीमा नाका खोल्ने तयारी भइरहेको बताएको हो । सरकारले जारी गरेको सूचनामा  अब मानिसहरु साउदी अरब प्रवेश गर्न सक्ने जनाइएको छ । साउदीको पासपोर्ट निर्देशनालयले अब गैर–साउदी नागरिकका लागि पनि प्रवेशको […]

भारतबाट फर्किनेहरुका लागि सरकारले तोक्यो २० नाका

१६ जेठ, काठमाडौं । कोभिड–१९सम्बन्धी उच्चस्तरीय समितिले भारतबाट घर फर्किने नेपालीहरुका लागि २० वटा नाका तोकेको छ । समितिको शुक्रबार बसेको बैठकले विदेशमा रहेका नेपालीहरुलाई आउन दिने निर्णय गरेको हो । स्थलमार्गबाट आउनेहरुका लागि २० वटा नाका तोकिएको प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए । उनकाअनुसार पशुपतिनगर, काकडभिट्टा, रानी, सुनौली, ठाडी, माडर, भिट्टामोड, मलंगवा, गौर, […]

सीमा नाकामा मृत्यु भएका युवकमा देखिएन कोरोना

१६ जेठ, जनकपुरधाम । भारतबाट फर्किने क्रममा सीमामै मृत्यु भएका युवकमा कोरोना नभएको पुष्टि भएको छ । चार महिनाअघि रोजगारीका लागि भारतको हरियाना गएका धनुषाको शहीद नगरपालिका ९ का वीरेन्द्र गुरमैता यादवको घर फर्किने क्रममा बुधबार बिहान जटही नाकामा ज्यान गएको थियो । उनको शवलाई नेपाली सेनाको टोलीले बुधबारै प्रादेशिक अस्पतालमा ल्याएपछि स्वाब संकलन गरिएको […]

सरकारको अलमल : पहिले काठमाडौंमा, अहिले सिमानामा

९ जेठ, काठमाडौं । लकडाउनको पहिलो चरणमा काठमाडौंको जनजीवन व्यवस्थित बनाउन सरकारलाई हम्मे परेको थियो । अहिले भारतसँग सीमा जोडिएका जिल्लामा त्यस्तै भद्रगोल स्थिति देखा परेको छ । यो भद्रगोलले कोरोनाको जोखिम उच्चदरमा बढाएको छ । सरकारले काठमाडौंमा आफ्नो उपस्थिति दह्रो बनाउन नसके पनि कोरोनाको संक्रमण दर सुस्त थियो । तर, भारतसँग सीमा जोडिएका छ […]

रोकिएन सीमाबाट नेपाल प्रवेश गर्ने क्रम

२८ वैशाख, कपिलवस्तु । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा कोरोना संक्रमितको संख्या बढेपछि सीमाबाट नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन । जिल्लाको सीमा क्षेत्रबाट एक हजार तीन सयभन्दा बढी नेपाली भारतबाट स्वदेश फर्किने पर्खाइमा छन् । उनीहरु सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीको आँखा छलेर विभिन्न नाकाबाट नेपाल प्रवेश गरिरहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए […]

७२ घन्टाका लागि सीमा नाका बन्द

३१ भदौ, रौतहट । निर्वाचनलाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि नै निर्वाचन हुने आठ जिल्लामा भारतसँग सीमा जोडिएका क्षेत्रमा सीमा नाका बन्द गरिएको छ । प्रवक्ता सुवेदीले निर्वाचन हुने समयभन्दा ७२ घण्टा अघिदेखि निर्वाचन हुने सीमा जोडिएका जिल्लामा नाका बन्द गरिएको जानकारी दिए । निर्वाचन भइरहेका आठ जिल्ला भारतसँग सीमा जोडिएकाले सीमामा केही दिनदेखि नै विशेष […]

कैलालीको सीमा नाका ४८ घन्टाका लागि बन्द

१२ असार, कैलाली । स्थानिय तह दोश्रो चरणको निर्वाचनको सुरक्षाको लागि भन्दै आजबाट कैलालीका सिमानाका बन्द गरिएका छन् । कैलालीको त्रिनगर नाका, टीकापुरको खक्रौला नाका र भजनीको लालबोझी नाका आजबाट ४८ घन्टाका लागि बन्द गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए । उनले सिमानाका बन्द गरिए पनि भारतबाट मतहाल्न नेपाल फर्कनेहरु र औषधि […]

सीमा नाका आजदेखि बन्द, चुनाव सकिएपछि मात्रै खुल्ने

१२ असार, मोरङ । नेपाल–भारतको सीमा नाका आज बिहानदेखि तीन दिनका लागि बन्द गरिएको छ । असार १४ गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गरिएको र असार १५ गतेदेखि पूर्ववत् रुपमा सीमा नाका सुचारु हुने मोरङका प्रजिअ यज्ञराज कोइरालाले […]

नेपालका रक्सी पसलमा बिहानैदेखि भारतीयको भीड

६ असोज, काठमाडौं । नेपाल भारतको सीमामा पर्ने धनुषको जटही नाकामा दैनिक बिहानदेखि नै भारतीय युवाको भीड लाग्छ । युवाहरु भारतीय सवारीसाधन सीमामा ल्याएर मदिरा पिउँदै रमाइलो गर्छन् । भारतको बिहार राज्यमा मदिरा प्रयोग तथा बिक्रीवितरण प्रतिवन्ध लागेपछि मदिरा पिउन भारतीय युवा तराईका सीमा क्षेत्रमध्ये जटहीमा आउने गरेका आजको अन्नपूर्णमा समाचार छ । बिहानदेखि रक्सी […]