+
+
Shares

कैलालीका सीमा नाकामा कडाइ, तालिम प्राप्त कुकुरद्वारा जाँच

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १२ गते ९:५५

१२ असोज, धनगढी । कैलालीमा भारतीय सीमा नाका र मानिसहरूको भिडभाड हुने क्षेत्रमा चेकजाँचमा कडाइ गरिएको छ ।

कैलाली प्रहरीले भारतसँग सीमा जोडिएका र मानिसहरूको भिडभाड बढी हुने सार्वजनिक स्थानमा चाडपर्व लक्षित सुरक्षा योजनाअनुसार चेकजाँच बढाएको छ ।

प्रहरीले ती क्षेत्रमा समान्य समयभन्दा सुरक्षाकर्मीको समेत बढाएको छ भने चेकजाँचमा तालिम प्राप्त कुकुरको प्रयोग समेत गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले सीमा क्षेत्रमा हुनसक्ने विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसारलाई ध्यानमा राखेर जाँचमा कडाइ गरिएको बताए ।

उनले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको कुकुर शाखासँगको समन्वयमा सीमा नाकासहित बढी भिडभाड हुने बसपार्क लगायतका क्षेत्रमा चेकजाँचमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिरहेको बताए ।

कैलालीमा चाडपर्व लक्षित सुरक्षा योजना अन्तरगत जिल्लाभर एक हजार एक सय बढी प्रहरी परिचालन गरिएको छ । सीमा नाका, बसपार्कलगायतका क्षेत्रमा यात्रुलाई मध्यनजर गर्दै नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ ।

सुदूरपश्चिममा रोजगारीको सिलसिलामा भारत गएकाहरू दशै मनाउन घर फर्किने भएकाले सीमा नाकाहरूमा चहलपहल बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?