३ वैशाख, हुम्ला । सशस्त्र प्रहरीले हुम्लाको उत्तरी नाम्खा गाउँपालिका– ५ को हिल्सा नाका क्षेत्रमा जनशक्ति थप गरेको छ । सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी बीओपी हिल्सालाई सुरक्षार्थ मद्दत गर्न र निगरानी समेत गर्ने गरी जनशक्ति थपिएको हो ।
नेपाल सरकारको पछिल्लो निर्णय अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ४४ गुल्म हेड क्वाटर हुम्लाबाट ९ जना थप प्रहरी बल खटाएको सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) पुष्कर सिंहले जानकारी दिए ।
सीमा क्षेत्र अपराध न्युनीकरण सीमा रक्षा चोरी तस्करी नियन्त्रण गर्न थप टेवा पुग्ने डीएसपी सिंहले बताए । ६ घण्टा पैदल हिडेर नारा लेकको हिउँको जोखिम मोल्दै थपिएका जनशक्ति हिल्सा पुगेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4