Comments Add Comment

स‌ंसद विघटन

List Grid
‘धाँधलीबाट जित्ने ग्यारेन्टी नभएसम्म कुनै तानाशाहले चुनाव गराउँदैन’

२७ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा गरेको प्रतिनिधि सभा विघटनलाई जनता समाजवादी पार्टी (जसपा) ले संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथिको प्रहार भन्दै आन्दोलनमा जाने निर्णय गर्‍यो । त्यसपछि जसपाका शीर्ष नेताहरूले देशका विभिन्न भागमा पुगेर संसद पुनर्स्थापनाको माग गरे । रोल्पादेखि संखुवासभासम्मको विरोध सभालार्ई सम्बोधन गरेर फर्केका […]

प्रधानमन्त्री ओलीको सनकको सीमा छैन : कृष्ण पहाडी

२७ माघ, सप्तरी । नागरिक समाजका अगुवा कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीको सनकको सीमा नरहेको बताएका छन् । सप्तरी सदरमुकाम राजविराजमा मंगलबार मधेसी नागरिक समाजले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पहाडीले उनको सनकको शिकार संघीयता र गणतन्त्र समेत हुन सक्ने बताए । ‘हामी चुप लागेर बसेमा भोलि ओलीले संघीयता र गणतन्त्रमा पनि आगो लगाउन […]

संविधान निर्माताको बुझाइ र संविधानको व्याख्या

प्रधानमन्त्री खड्‍गप्रसाद ओलीले प्रतिनिधि सभा विघटन गरेपश्चात सर्वोच्च अदालतमा परेको निवेदनमा निवेदकका तर्फबाट बहसकर्ताले पटक- पटक विधायकको (संविधान निर्माताको) मनसाय हेर्नुपर्ने र त्यसका लागि अदालतले संविधान सभामा भएका छलफल र अन्य आवश्यक दस्तावेज मगाउनुपर्ने माग गर्दै आएका छन्। सरकार पक्षबाट महान्यायाधिवक्ताले भने आफ्नो पहिलो दिनको बहसमा अदालतले ‘विधायकहरूको’ मनसाय होइन, संविधान सभाबाट संविधान कसरी बनेर […]

७ फागुनमा टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुन्छ : नारायण वाग्ले

२० माघ, काठमाडौं । बृहत् नागरिक आन्दोलनका अभियन्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलनको लहर सुरु हुने बताएका छन् । मंगलबार दिउँसो शोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै वाग्लेले फागुन ७ गते काँडेतार हटाएर भएपनि टुँडिखेल पुग्ने र नागरिक–घोषणापत्र सार्वजनिक गरिने उद्घोष गरे । उनले भने, ‘म यसै मञ्चमार्फत् आह्वान गर्दछु, […]

माधव नेपालको दाबी : संसद पुनर्स्थापना भए ओलीका २० सांसदले साथ दिन्छन्

१८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना भए ओली पक्षमा लागेका २० सांसदले आफूहरुलाई साथ दिने बताएका छन् । आइतबार आफ्नो समूह निकट अखिल नेपाल किसान महासंघको केन्द्रीय समितिको दोस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति लगाएर नेता कार्यकर्तालाई आफूतिर तान्ने कोसिस गरेको बताए । […]

संसद विघटन : ‘यो त हिन्दी फिलिम जस्तो भयो’

१८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आइतबारको बहस सुरु भएको छ । अधिवक्ता गोपाल पाण्डेले घरभित्रको झगडा घर भित्रै मिलाउनुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोशमा संसद विघटन गरेर जनतालाई दुःख दिएको टिप्पणी गरे । ‘घर भित्रको झगडा, घरभित्रै मिलाउनुपर्थ्यो । यो हिन्दी फिलिम जस्तो भयो,’ पाण्डेले भने, ‘प्रधानमन्त्रीले संसदप्रति आक्रोश पोख्ने, […]

ओलीले प्रधानमन्त्री पदका लागि पार्टी एकता गरेका रहेछन् : नारायणकाजी श्रेष्ठ

१६ माघ, गोरखा । नेकपा प्रचण्ड–माधव समूहका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पद जोगाउनका लागि केपी शर्मा ओलीले पार्टीमाथि आक्रमण गरेको बताएका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा शुक्रबार गोरखाको सिरानचोक गाउँपालिका चित्रेपोखरीमा आयोजित सभामा श्रेष्ठले प्रधानमन्त्री पदकै लागि ओलीले विगतमा पार्टी एकता गरेको बताए । ‘संविधान र लोकतन्त्रको आधारमा देशलाई सामाजिक र आर्थिक रुपान्तरण गर्छाै […]

राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै संवैधानिक इजलासमा निवेदन

११ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको सूचना छापिएको राजपत्रको आधिकारिकता जाँच गर्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन परेको छ । नेकपा प्रचण्ड–माधव समूहका नेताहरु देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीले संवैधानिक इजलासमा निवेदन दिएका हुन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । तर […]

‘शेरबहादुरजी ! ओलीलाई संविधान बुझाएको आरोप नलागोस्’

७ माघ, काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य, उग्रराष्ट्रवाद वा तत्कालीन राष्ट्रवाद जे भनेपनि भारतीय नाकाबन्दीविरुद्ध लडेको कारण केपी शर्मा ओलीको व्यक्तित्व निर्माण भएको मान्छन् । त्यसले ‘सर्वेसर्वा म नै हुँ, मैले जसलाई चाह्यो उसलाई खेलाउन सक्छु’ भन्ने ओलीलाई लाग्न थालेको उनको विश्लेषण छ । दुईतिहाइको सरकारको नेतृत्व गरिरहँदा नेपाली कांग्रेसका नेताहरूसँग भेटी मिलेर सरकार […]

नारायण वाग्लेको प्रश्न : संविधानसभाका अध्यक्ष किन निरीह भए ?

६ माघ, काठमाडौं । पत्रकार तथा लेखक नारायण वाग्लेले संसद् पुन:स्थापना नभए संविधानवादको रक्षा नहुने बताएका छन् । प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै वाग्लेले संसद् पुनस्र्थापनाकै लागि माइतीघर मण्डलामा नागरिक आन्दोलन चलिरहेको बताए । ‘संसद् विघटन पछि माइतीघर मण्डलामा माइक समाउन पुगेको छु । नागरिक अगुवा र पेशाकर्मीहरुको नागरिक आन्दोलन चलिरहेको छ’, […]

न्यायाधीशको प्रश्न : फेरि नेकपालाई सत्ता चलाऊ भन्नु जनताको हितमा होला ?

५ माघ, काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दाको विषयमा संवैधानिक इजलासमा बहस भएको दोस्रो दिन सोमबार रिट निवेदकका तर्फबाट जम्मा २ जनाले बहस गरे । अधिवक्ता दीनमणि पोखरेलको बहसबाट सुरु भएको सोमबारको सुनुवाइमा अधिवक्ता सरोजकृष्ण घिमिरेले पनि बहस गरे । सुनुवाइका क्रममा अदालतमा २०५१ सालमा गिरिजाप्रसाद कोइरालाले संसद विघटन गर्न पाउने अहिले केपी ओलीले किन नपाउने […]

संसद विघटनबारे संविधानसभामा भएको सहमतिको अभिलेख झिकाउन माग

५ माघ, काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका निवेदकहरूले संसद विघटन सम्बन्धी संविधानसभामा भएको सहमतिको रेकर्ड झिकाउन माग गरेका छन् । रिट निवेदक मध्येका एक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आइतबार संवैधानिक इजलासमा यस्तो माग राखेका हुन् । २०४७ सालको संविधानको धारा ५३ को (४) मा स्पष्ट रुपमा प्रधानमन्त्रीलाई संसद विघटन […]

ओली समूह : संसद् विघटनको बचाऊ, संगठन निर्माणमा आक्रामक

१ माघ, काठमाडौं । पार्टी विभाजनको वैधानिकता निर्वाचन आयोगबाट टुंगिन बाँकी रहेपनि नेकपा ओली समूहले पुस २२ मै अन्तरपार्टी निर्देशिका (अपानि) जारी गर्‍यो । यो समूहले मातहतका कमिटीलाई मूलतः दुई विषयमा अपानि दिएको छ– पार्टी विभाजन र संसद् विघटन गरिनुको कारणबारे प्रष्ट हुने अनि संगठन निर्माणलाई तीव्रता दिने । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन […]

प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद : महेश बस्नेत

१ माघ, विराटनगर । नेकपा ओली समूहका नेता महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिह्न दावी गर्नु हास्यास्पद भएको बताए । बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने ‘उहाँ पूर्वएमालेको विरालो बोकेर हामीसँगै म्याउ गर्दै हुनुहुन्छ ।’ नेता बस्नेतले प्रधानमन्त्री ओलीले संविधानअनुसार नै संसद विघटन गरेको पनि जिकिर गरे । लोकतन्त्रको महत्त्वपूर्ण पक्ष आवधिक निर्वाचन […]

केपी ओली होइन, ओली प्रवृत्ति समस्या भयो : नेपाल

२३ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली नभई ओली प्रवृत्ति अहिलेको समस्या भएको बताएका छन् । नागरिक समाजका अगुवाहरुसँग बिहीबार भएको अन्तर्क्रियामा नेता नेपालले प्रधानमन्त्री केपी ओलीको तौरतरिकामा चित्त नबुझेपछि नै आफैंले संसदमा देश डुब्न लायो भनेर बोलेको स्मरण गरे । त्यही बोले वापत आफूलाई खेदेको भन्दै उनले कार्यशैली सुधारका […]

न्यायाधीश कार्कीले इजलास छोड्नुअघि सर्वोच्चमा सवाल–जवाफ

२२ पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमाथिको सुनुवाइका क्रममा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा मुख्यतः दुईवटा विषय उठे । एक– रिट निवेदकहरुका कानुन व्यवसायीले यो विवाद संवैधानिक इजलासमा नभई बृहत पूर्ण इजलासमा सुनुवाइ गर्न माग गरे । दुई– संवैधानिक इजलासमा पूर्वमहान्यायाधिवक्तासमेत रहेका न्यायाधीश हरिकृष्ण कार्कीको संलग्नताबारे प्रश्न उठाए । वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद विघटनसम्बन्धी […]

बहुमत अल्पमतको टुंगो चुनावपछि हुन्छ : ओली

१७ पुस, काठमाडौं । नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत अल्पमतको टुंगो चुनावपछि हुने बताएका छन् । संसद भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली र प्रचण्ड–माधव समूहमा विभाजित भएको छ । प्रचण्ड–माधव समूहले बहुमत रहेको भन्दै नेकपाको अधिकारिकता दाबी गरेको छ । तर ओली समूहका […]

संसद विघटनपछि अस्तव्यस्त बन्न थाले उपत्यकाका सडक

१३ पुस, काठमाडौं । उपत्यकामा आइतबार मात्रै १८ वटा विरोध प्रदर्शनका कार्यक्रम भए । तीमध्ये अधिकांश संसद विघटन र मध्यावधि निर्वाचन घोषणाको विरोधमा गरिएका थिए । सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको योजनामा मात्रै १० स्थानमा प्रदर्शन गरिए । विरोध कार्यक्रमका कारण राजधानीको माइतीघर मण्डला, थापाथली, कुपण्डोल, बागबजार, पुतलीसडक, भद्रकाली, गोंगबु, लगनखेल लगायतका क्षेत्रमा सवारी […]

संसद विघटनसम्बन्धी रिटमा पुस २२ गतेदेखि निरन्तर सुनुवाइ

१० पुस, काठमाडौं । संसद विघटनसम्बन्धी रिटमा सर्वोच्च अदालतमा अब पुस २२ गते सुनुवाइ हुने भएको छ । शुक्रबार संवैधानिक इजलासले सरकारसँग संसद विघटन गर्नुको लिखित जवाफ माग गर्दै अर्को पेशी पुस २२ गतेका लागि तोकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलासले पुस २२ […]