Comments Add Comment

टोपराज शर्मा

लेखकबाट थप

List Grid
सांसदको चासो न्यून, ६२ कानून बन्दा ५० वटा मात्रै संशोधन

३० असोज, बुटवल । लुम्बिनी प्रदेश सभाको तेस्रो अधिवेशनमा सहकारी विधेयक पेश भएपछि त्यसअघि कानून निर्माण प्रकृयामा खासै सक्रिय सहभागिता नजनाउने सांसदहरु एकाएक सक्रिय भए । सहकारीहरुलाई राजनीतिमुक्त बनाउने उद्देश्यले विधेयकमा राजनीतिक दलका विभिन्न कमिटीमा रहेका पदाधिकारीहरु सहकारी संस्थाको सञ्चालक बन्न नपाइने लगायत प्रावधानहरु राखिएको थियो । त्यो प्रावधान सहजै पारित भएमा सहकारीमा दलका नेता […]

लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

२४ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । आइतबार शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री  बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद […]

लुम्बिनीमा कांग्रेस र माओवादीले टुंगाए मन्त्रीको नाम, आज सपथ

२४ असोज, बुटवल । लुम्बिनी प्रदेश सरकारमा कांग्रेस, माओवादी केन्द्रबाट मन्त्री बन्ने सांसदहरुको नाम टुंगो लागेको छ । सबै दलले मन्त्रीको नाम टुंगो लगाएकाले आज दिउँसो मन्त्रिपरिषद विस्तार र मन्त्रीहरुलाई आजै सपथ गराउने कार्यक्रम तय भएको छ । कांग्रेसबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना बन्ने भएका छन् । यस्तै राज्यमन्त्रीमा कांग्रेसबाट कपिलवस्तुकी […]

लुम्बिनीको मन्त्रिपरिषद विस्तार गर्ने तयारी

२२ असोज, बुटवल । लुम्बिनी प्रदेशको मन्त्रिपरिषद आज विस्तार गर्ने तयारी गरिएको छ । कांग्रेस र माओवादी केन्द्रसहित पाँच मन्त्रीको टुंगो लागिसकेको छ । थप मन्त्रीको नाम पनि टुंगो लागेपछि आज दिउँसो ३ बजे शपथ ग्रहण गराउने मुख्यमन्त्री कुलप्रसाद केसीको तयारी छ । माओवादी केन्द्रको नेतृत्वमा साउन २८ गते चार दलीय गठवन्धन सरकार बनेको थियो […]

कृष्णनगरको झाडापखाला अझै नियन्त्रणमा आएन

२१ असोज, बुटवल । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । नगरपालिकाको वडा नं ७, ८ र ९ मा मंगलबार रातिदेखि झाडापखाला फैलिएको थियो । झाडापखालाबाट वडा नं ९ का ४५ वर्षका रामप्रसाद केवटको घरमै र वडा नं ८ का ७ वर्षका राज कश्यपको निजी मेडिकलमा मृत्यु भएको थियो । तीन वटा […]

रुपन्देहीमा खुकुरी प्रहारबाट एकको मृत्यु, एक घाइते

१८ असोज, बुटवल । रुपन्देहीमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ । अर्का एकजना घाइते भएका छन् । मृत्यु हुनेमा रुपन्देही जिल्लाको शुद्धोधन-३ बेतानीस्थित प्लाई उद्योगमा काम गर्ने नवलपरासी पश्चिमको सुस्ता-३ का अवधेश चमार छन् । एउटै उद्योगमा काम गर्ने भारतीय मजदुर रवि सिंहको खुकुरी प्रहारबाट उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार […]

रुपन्देही कांग्रेसको नगर अधिवेशनमा देउवा समूहको बर्चश्व

१० असोज, बुटवल । नेपाली कांग्रेसको नगर अधिवेशन अन्तर्गत रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा समूहको बर्चश्व देखिएको छ । ६ वटा नगरमध्ये बुटवल उपमहानगर र देवदह नगरपालिकामा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका उम्मेदवार विजयी भए भने सिद्धार्थनगर, लुम्बिनी सांस्कृतिक, तिलोत्तमा र सैनामैनामा देउवा समूहबाट नगर सभापति निर्वाचित भए । बुटवल उपमहानगर सभापतिमा खेलराज पाण्डेय […]

भूगर्भविद्को चेतावनी : चुरेलाई नचलाऊ, बुटवल दोस्रो मेलम्ची बन्न सक्छ

१९ भदौ,बुटवल । गत आइतबार र सोमबार परेको भारी वर्षापछि बुटवलको शिरमा रहेको चुरे पहाडमा पहिरो गयो । पहिरो बुटवलको ज्योतिनगरको बस्तीमा पस्यो । पहिरोले बस्तीका १२ घरमा क्षति पुग्यो र ती परिवार विस्थापित भए । ४० घर उच्च जोखिममा परे । बुटवल-३ ज्योतिनगरमा गएको यो पहिरो पहिलो होइन । यसअघि २०५५ सालमा पनि ज्योतिनगरको […]

आकांक्षी धेरै भएपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

१३ भदौ, बुटवल । लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक-एक जना, जसपाका […]

तानसेनमा घर भत्किंदा बालिकाको मृत्यु, सिद्धार्थ राजमार्गका ठाउँ-ठाउँमा पहिरो

१३ भदौ, बुटवल । अविरल वर्षाका कारण पाल्पाको तानसेनमा घर भत्किंदा १० वर्षीया बालिकाको मृत्यु भएको छ । तानसेन नगरपालिका-५ कैलाशनगरमा एकतले कच्ची घर भत्किएर पुरिँदा स्थानीय नारायण दर्जीकी १० वषिर्या छोरी नैना दर्जीको मृत्यु भएको हो । रातको साढे २ बजे घर पछाडिको गारो भत्किएर पुरिंदा गम्भीर घाइते भएकी बालिकालाई उपचार गर्न मिसन अस्पताल […]

देवदहको घोडाहा खोला पुल भासियो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

११ भदौ,बुटवल । अविरल वर्षापछि आएको बाढीका कारण रुपन्देहीको देवदहस्थित घोडाहा खोला पुल भासिएको छ । पुल भासिएपछि पूर्व-पश्चिम राजमार्गमा यातायात सेवा अवरुद्ध भएको छ । पुल भार्सिसँगै उक्त सडकखण्ड हुँदै आवत-जावत गर्ने सवारी साधनहरु दुवैतर्फ रोकिएका छन् । ट्राफिक प्रहरीका अनुसार नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका- १० लण्डनब्रिजस्थित पूर्वपश्चिम राजमार्गको सडकखण्ड बासा, भुताहा र सुनवल […]

लुम्बिनीका मन्त्री शाहीले भने – मलाई एमालेको ह्वीप लाग्दैन

३१ साउन, बुटवल । लुम्बिनी प्रदेशका विना विभागीयमन्त्री अजय शाहीले आफू स्वतन्त्र सांसद भएकाले नेकपा एमालेको ह्वीप नलाग्ने बताएका छन् । एमाले संसदीय दलले स्पष्टीकरण सोधेको चौथो दिन प्रेस विज्ञप्ति जारी गर्दै शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट निर्वाचित भएको र एमालेको पार्टी सदस्यतासमेत नलिएको बताएका छन् । एमालेले साउन २८ गते पत्र काटेर तीन दिनभित्र […]