Comments Add Comment

प्रेम लामा

लेखकबाट थप

List Grid
भीडभाड बढ्दो छ, कोरोनाबाट कसरी जोगिने ?

१४ असार, काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि जोरविजोर प्रणालीअनुसार ठूला बसहरू चल्दैछन् ।  कोरोना संक्रमणको दोस्रो लहर शुरू भएपछि १६ वैशाखदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाइएको थियो । संक्रमण क्रमशः घट्दै गएपछि ७ असारदेखि निजी सवारी चले भने मंगलबारदेखि उपत्यकामा निषेधाज्ञा थप खुकुलो हुनेछ । निषेधाज्ञा खुकुलो पार्दै गर्दा मुलुकभर कोरोना संक्रमण दर भने २० प्रतिशतभन्दा […]

अस्पतालमा पठाइएका स्वास्थ्य सामग्री कहाँ हराए ?

२ असार, काठमाडौं । नेपाललाई मित्रराष्ट्र तथा दातृ निकायले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य उपकरण तथा सामग्री सहयोग गर्दै आइरहेका छन् । तर सहयोग प्राप्त स्वास्थ्य सामग्री संक्रमितको उपचार गराउने सबै अस्पताल तथा स्वास्थ्य संस्थासम्म नपुगेको पाइएको छ । स्वास्थ्य सेवा विभागको केन्द्रीय स्टोरले देशभर कोभिड–१९ को उपचार गराइरहेका अस्पताल तथा […]

ज्येष्ठ नागरिकको कोरोना खोपमा कार्यकर्ता र आफन्तको लुछाचुँडी

३० जेठ, काठमाडौं । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिका लागि भनेर ५० भाइल खोप मगाइन् । शुक्रबार जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्यकर्मी खोप लिएर पुग्दा उपमेयरको कार्यकक्षमा पुग्दा आफन्त र नेकपा एमालेका कार्यकर्ताले भरिएका थिए ।  ‘नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई खोप लगाउने हो भनेर खोप लिएर गयौं,’ एक स्वास्थ्यकर्मी भन्छन्, ‘त्यहाँ उपमेयरका […]

के हो बालबालिकामा देखिएको मल्टिसिस्टम इन्फ्लेमटरी सिन्ड्रोम ?

काठमाडौं । ललितपुरको एक परिवारका सबै सदस्यलाई वैशाख तेस्रो साता कोरोना संक्रमण पुष्टि भयो । १४ दिन होम आइसोलेसनमा बसे, तीन वर्षको छोरासहित सबै संक्रमण मुक्त भए । जेठको दोस्रो साता बच्चालाई हल्का ज्वरो आयो । ज्वरो सामान्य बेलामा भन्दा फरक भएकाले यसअघि पनि देखाइरहेका चिकित्सकलाई फोन गरे । डाक्टरले भने, ‘भाइरल हुनसक्छ, पारासिटामोल खुवाउनुस् […]

अस्पतालमा घट्यो चाप, तर बाहिरबाट गम्भीर बिरामी आउने क्रम सुरु

२४ जेठ, काठमाडौं । काठमाडौं उपत्यकाका अस्पतालहरुमा कोरोना संक्रमितको चाप दैनिक घट्दै गएको छ । दोस्रो लहरको संक्रमण फैलिएसँगै वैशाख पहिलो साताबाट अस्पतालहरुमा चाप बढेको थियो । मध्य वैशाखबाट अस्पतालहरु गम्भीर अवस्थाका बिरामीले भरिए । बेड अभावमा संक्रमितहरुलाई अस्पतालको प्रांगणमा राखेर उपचार गराउनुपर्ने बाध्यता थियो । तर जेठको दोस्रो साता यता अस्पतालमा संक्रमितको चाप कम […]

के हो पोस्ट कोभिड समस्या ? कस्तो बेला अस्पताल जाने ?

काठमाडौं । पछिल्लो समय कोरोनाबाट संक्रमित हुनेभन्दा निको हुनेको संख्या बढी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्यांकलाई हेर्ने हो भने जेठ २० गतेबाहेक संक्रमण हुनेभन्दा निको हुने संख्या हरेक दिन बढी छ । शनिबार मात्र ५ हजार ४२ जनामा संक्रमण देखिंदा ८ हजार २४३ जना संक्रमणमुक्त भएका छन् । तर लामो […]

बढेन परीक्षण, ३० प्रतिशतमाथि छ संक्रमण दर

२० जेठ, काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न भन्दै देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । गृह मन्त्रालयका अनुसार ७३ जिल्लामा जिल्लाभर र दुई जिल्लामा आंशिक रुपमा निषेधाज्ञा जारी भएको छ । काटमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको ३५ दिन बितिसक्यो र बुधबार मात्र जेठ ३१ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । तर कोरोना […]

अस्पतालमा संक्रमितको चाप घट्यो, आईसीयू–भेन्टिलेटर भने भरिभराउ

७ जेठ, काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकाका अस्पतालमा कोरोना संक्रमितको चाप घटेको छ । कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्दा र संक्रमितमा जटिल समस्या देखिंदा काठमाडौं उपत्यकाका सरकारी र निजी अस्पतालमा बेड भरिनुका साथै प्रांगणमा राखेर समेत उपचार गरिएको थियो । तर पछिल्ला केही दिनमा बिरामीको चाप घटेको अस्पतालका अधिकारीहरु बताउँछन् । उपचार गराउन […]

ठूला अस्पतालको शुल्क आतंक : बेड चार्ज दिनकै ५० हजारसम्म !

२२ वैशाख, काठमाडौं । उपत्यकाका ठूला निजी अस्पतालहरुले कोरोना संक्रमितहरुसँग निकै चर्को शुल्क लिने गरेको पाइएको छ । आइसोलेसन बेडको दैनिक शुल्क मात्र ७ हजार रुपैयाँसम्म तोकिएको छ, आईसीयू तथा भेन्टिलेटर बेडका लागि दैनिक साढे २६ हजारसम्म पर्छ । औषधि, नर्स तथा डक्टरको शुल्क सबै जोड्दा निजी अस्पतालको शुल्क छोइनसक्नु हुने देखिन्छ । जबकि स्वास्थ्य […]