OnlineKhabar.com

कार्की र टमटा सर्वोत्कृष्ट

२०७० भदौ १९ गते १३:४९ मा प्रकाशित

१९ भदौ, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत कर्मचारी प्रशासन शाखाका प्रमुख इन्द्रबहादुर कार्की र तालिम तथा प्रशिक्षण विभागमा कार्यरत क्रिकेट मुख्य प्रशिक्षक जगत टमटा सर्वोत्कृष्ट कर्मचारीको पुरस्कारबाट बुधबार सम्मानित भएका छन् ।

त्यस्तै काठमाडौं जिल्ला खेलकुद विकास समितिका नायब वरिष्ठ बक्सिङ प्रशिक्षक प्रचण्ड शर्मा र सुदूरपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका लेखा अधिकृत धर्मराज ओझा उत्कृष्ट कर्मचारी चुनिए । कास्की जिल्ला खेलकुद विकास समितिकी भलिबल प्रशिक्षक कौशिला खत्री र परिषद्को निजी सचिवायलयका सुरक्षा गार्ड लक्ष्मण महतले परिषद् सेवा पुरस्कार प्राप्त गरे ।

सर्वोत्कृष्टलाई समान २५-२५ हजार, उत्कृष्टलाई १५-१५ हजार र परिषद् सेवाबाट पुरस्कृतलाई १०-१० हजार नगदसहित प्रशंसापत्रद्वारा सम्मान गरियो । तीन विधामा पुरस्कृत ६ मध्ये ३ प्राविधिक र ३ प्रशासनतर्फका कर्मचारी हुन् । वर्ष २०६९ को कार्य मुल्याङ्कनका आधारमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

राखेपको स्वर्ण महोत्सवको अन्तिम दिन बुधबार राखेप अध्यक्ष युवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठ, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना, सदस्य-सचिव युवराज लामा र युवा तथा खेलकुद मन्त्रालयका सचिव हरिप्रसाद नेपालले उनीहरुलाई टीका/खादा लगाइ दिनुका साथै नगद र प्रशंसापत्र प्रदान गरी सम्मान गरे । परिषद्मा २० वर्ष सेवा पूरा गरेका ३६ र २५ वर्ष सेवा गरेका ५१ गरी जम्मा ८७ जना विभिन्न तहका कर्मचारीलाई पनि प्रशंसापत्रद्वारा सम्मान गरियो ।

अनलाइनखबरको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुकट्वीटरमार्फत् पनि जोडिन सक्नुहुन्छ ।

Also you may like this

यसमा तपाइको मत




naya.com.np

 सम्बन्धित शीर्षकहरु

तेक्वान्दोमा एक रजत र एक काश्य

१ फागुन, सिलोङ । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले नवौं दिन एक रजत र एक काश्य पदक जितेको छ ।...

महिला फुटबलमा स्वर्णका लागि नेपाल र भारत भिड्ने

१ फागुन, भारत । बाह्रौं दक्षिण एसियाली खेलकुद (साग)को महिला फुटवलको उपाधिका लागि नेपाल र भारत भिड्ने भएका छन् । राउण्ड रोविनको आधारमा नेपाल...

सण्डरल्याण्डले म्यानचेष्टर युनाइटेडलाई हरायो

१ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा सण्डरल्याण्डले म्यानचेष्टर युनाइटेडलाई हराएको छ । जितसँगै सण्डरल्याण्डले रेलिगेशनबाट बच्ने सम्भावना जिवितै राखेको छ । शनिबार...

महिला ट्रायथोलनमा नेपाललाई काश्य

१ फागुन, पोखरा । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद -साग) को महिला ट्रायथोलन स्पर्धामा नेपालले काश्य पदक जितेको छ । गुवाहाटीमा शनिबार भएको प्रतिष्पर्धामा...

कबड्डीमा नेपालको पहिलो जित

२९ माघ, गुवाहाटी । भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद -साग) को कबड्डी खेलमा नेपालको महिला टिमले पहिलो जित निकालेको छ । शुक्रबार भएको दोश्रो...

पाकिस्तानी अम्पाएर असदलाई पाँच बर्षको प्रतिबन्ध

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईको अनुशासन समितिले पाकिस्तानी क्रिकेट अम्पाएर असद रउफलाई पाँच बर्षको प्रतिबन्ध लगाएको छ । भ्रष्टाचार र गलत व्यवहारका...

अफगानिस्तान बन्यो प्लेट च्याम्पियन

२९ माघ, काठमाडौं । यू-१९ विश्वकप क्रिकेटमा अफगानिस्तान पहिलो पटक प्लेट च्याम्पियन बनेको छ । बंगलादेशमा शुक्रबार भएको प्लेट फाइनलमा अफगानिस्तानले जिम्बावेलाई ५ विकेटले...

महिला हृयाण्डबलमा नेपाल भारतसँग पराजित

२९ माघ, गुवाहाटी । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला हृयाण्डबलमा नेपाल भारतसँग पराजित भएको छ । पराजयका बाबजुद नेपालको सेमिफाइनल...

पुरुष, महिला म्याराथन दुबैमा नेपाल पराजित

२९ माघ, गुवाहाटी । १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आज भएको पुरुष तथा महिला दुबै म्याराथनमा नेपाल पदकबिहीन भएको छ । दुवैतर्फ नेपाल...

पुरुष कबड्डीमा नेपालको दोस्रो हार

२९ माघ, गुवाहाटी । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष कबड्डीतर्फ नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।...
मुख्य पृष्ठ  हाम्रो बारे  विज्ञापन   सम्पर्क
© २००६-२०१३ Onlinekhabar.com सर्वाधिकार सुरक्षित