+
+

एप्पलको नयाँ आइफोन स्तनले पनि खोल्न सकिने !!!(भिडियो सहित)

अनलाइनखबर अनलाइनखबर
२०७० असोज ९ गते १८:०१

सुरुमा बिरालोको पञ्जा, त्यसपछि खुट्टाको बुढि औँला । एप्पलको नयाँ आइफोन ५ एस को निकै सुरक्षित भनिएको औँठाछापे प्रविधि प्रमाणित गर्न अनौठो प्रयोग गरिएको छ । एप्पलको आइफोन ५ एस लाई स्तनको टुप्पोले अनलक गर्दै नयाँ आइफोनको बहुप्रचारित फिंगर पि्रन्ट स्क्यानर प्रविधिको कति सेन्सेटिभ छ भन्ने कुरा प्रमाणित गरिएको छ ।

iphone1

एप्पलको यो नयाँ आइफोनको टच आइडी सेन्सर महिला र पुरुषको स्तनमा दबाएर आइफोन अनलक गरेका विभिन्न भिडियोहरु इन्टरनेटमा अपलोड भएपछि त्यसले बजार तताएको छ । आइफोन प्रयोगकर्ताहरुमा यो घटनाले ठूलै तरंग उत्पन्न गरिदिएको छ । आइफोनको यो प्रविधि ह्याक भैसकेको समाचार समेत आएका बेला विज्ञहरुले भने यो प्रविधिले मानिसको मुटुको धड्कन तथा सरीरको तापक्रम समेत पहिचान गरी त्यसलाई समेत आइफोन अनलक गर्ने पासवर्डको रुपमा प्रयोग गर्न सकिने दाबी गरेका छन् ।

एप्पलको ५ एस आइफोनका एक जना प्रयोगकर्ताले भनेका छन्, म निकै खुसी छु, किनभने यो आइफोनले मेरो स्तन पनि चिन्यो । उनले अगाडि लेखेका छन्, यदि कसैले मेरो यो आइफोन प्रयोग गर्न खोज्यो भने उनीहरुले मेरो एक स्तन काटेर लैजानु पर्नेछ । तर कुन चाहीँ स्तन भन्ने कुरा चाहीँ म भन्दिन ।’

एप्पलको नयाँ आइफोनमा यस्तो प्रविधि छ यसले प्रयोगकर्ताको औँठाछाप पहिचान गरेर अनलक हुन्छ । यसमा प्रयोगकर्तालाई आफ्ना विभिन्न ५ प्रकारका बडी पि्रन्ट राखेर त्यसबाट आइफोन अनलक गर्ने सुविधा दिइएको छ । यसको अर्थ प्रयोगकर्ताले केवल बुढिऔँला मात्र नभएर सरीरका अन्य भागलाई पनि आइफोन खोल्ने पासवर्डको रुपमा प्रयोग गर्न सक्छ ।

अघिल्लो हप्ता एक प्रविधि सम्बन्धि साइटले बिरालोको पञ्जा प्रयोग गरी आइफोन अनलक गरेको थियो । तर बिरालो बाहेक अरु जनावरका खुट्टालाई यसरी प्रयोग गर्न नसकिने बताइउको छ ।

यसरी खोलियो स्तनले आइफोन

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?