Comments Add Comment

खिलराजलाई राजीनामा गराउन बारले राष्ट्रसंघ गुहार्‍यो

१० असोज, काठमाडौं । नेपाल वार एशोसिएसनले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी न्युयोर्क प्रस्थान गर्नु केही घण्टाअघि संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनको कार्यालयमा उहाँविरुद्ध पत्र दर्ता गराएको छ । बारेका पत्रमा रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनाका लागि दबाव दिन र यसबारे महासभामा समेत कुरा उठाइदिन आग्रह गरिएको छ ।

राष्ट्रसंघको ६८ औं महासभामा भाग लिन मन्त्रिपरिषद् अध्यक्ष रेग्मी न्यूयोर्क प्रस्थान गर्नुकेही घण्टा अघिमात्र बारले महासचिव मुनलाई पत्र पठाएको हो । बारको पत्र बिहीबार साँझ नेपाली समय अनुसार ८:२० मा महासचिवको कार्यालयमा दर्ता भएको बारका उपाध्यक्ष टीकाराम भट्टराईले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

राष्ट्रसंघमा दर्ता भएको पत्रमा खिलराज रेग्मी शक्ति पृथक्कीकरणको सिद्धान्त विपरीत प्रधानन्यायाधीश र सरकार प्रमख दुबै पदमा रहेकाले उहाँलाई राजीनामाका लागि सम्झाइदिन मुनसमक्ष आग्रह गरिएको छ । महासभामा भाग लिन जानुभएका रेग्मीको मन्त्रिपरिषदमा नियुक्ति असंवैधानिक रहेको बारको पत्रमा उल्लेख छ । ‘न्यायपालिका र कार्यपालिकोका प्रमुखमा एउटै व्यक्ति रहन सक्दैन । यसबाट शक्ति पृथक्कीरकणको उल्लंघन भएको छ ।’ वारको पत्रमा भनिएको छ,- ‘त्यसैले न्यायपालिकाको सम्वर्द्धन एवं प्रवर्धनमा समस्या देखिएकाले रेग्मीलाई प्रधानन्यायाधीशबाट राजीनामा गर्न दबावका लागि सम्झाइदिन र संयुक्त राष्ट्रसंघको महासभामा यसबारे कुरा उठाइदिनु हुन अनुरोध गर्दछौं ।’

बारले मुनलार्इ पठाएको पत्र यस्तो छ 

bar-latter final

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment