Comments Add Comment

एमालेको प्रचार सामाग्री जलाउने ४ लिम्बुवान कार्यकर्ता पक्राउ

६, कात्तिक, इलाम । पूर्वसभामुख एवं इलाम-२ का एमाले उम्मेद्वार सुवासचन्द्र नेम्वाङको चुनावी प्रचार कार्यक्रममा मञ्चसम्वद्ध लिम्बुवानका कार्यकर्ताले हस्तक्षेप गरी प्रचार सामाग्री जलाइदिएका छन् । चुनाव विथोल्ने कार्यमा सहभागी ४ लिम्बुवान कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको एकतप्पा गाविस वडा नं ९ दोकानडाडा भन्ने ठाउँमा सुवास नेम्वाङसमेत सहभागी कार्यक्रममा चुनाव बहिस्कारवादी लिम्बुवान कार्यकर्ताले हस्तक्षेप गरेका हुन् । चुनावी प्रचार सामाग्री जलाउनुका साथै कार्यक्रममा हस्तक्षेप गरेपछि केहीवेर झडप भएको र आफ्ना चारजना कार्यकर्ता पक्राउ परेको परिषदका अध्यक्ष कुमार लिङदेनले अनलाइनखबरलाई बताउनुभयो । पक्राउ पर्नेमा गोविन्द योङयाङ, सिद्धी योङयाङ, दीपक योङयाङ र भूपेन्द्र योङयाङ रहेका छन् ।

मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चामा आवद्ध परिषदका अध्यक्ष लिङदेनले लिम्बुवान क्षेत्रमा चुनाव हुन नदिने बताउनुभएको छ । दुई दिन अघिमात्रै उहाँले प्रेस विज्ञप्ति जारी गरेर सेनाको गोली छातीमा थाप्न तयार रहेको बताउनुभएको थियो ।

यसैवीच विहीबार मोरङको उर्लाबारी र झापाको पाडाजुँगीबाट चुनाव बहिस्कार अभिमानका लागि १० हजार लिम्बुवान भोलेन्टियरलाई सडकमा उतार्ने र दमकमा सभा गर्ने परिषदको कार्यक्रम रहेको छ । पूर्वी नेपालमा सक्रिय गतिविधि गरिरहेको परिषद्ले मंगलबार धरानमा महिला संगठनको राष्ट्रिय सम्मेलन गरी अर्मता थेवेको अध्यक्षतामा ३३ सदस्यीय कमिटी गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment