Comments Add Comment

कुकुर तिहारमा नेताको घाँटीमा माला ! (फोटो फिचरसहित)

१६ कात्तिक, काठमाडौ । तिहारको दोस्रो दिन आज कुकुरलाई पूजा गरेर माला लगाइदिने दिन हो । तर, कुकुर तिहारमा कुकुरलाई मात्र माला लगाइदिने परम्परा योपटक भने उम्मेदवारहरुले तोडेका छन् ।

देशैभरि कुकुरलाई पूजा गरेर मीठोमीठो खान दिई सयपत्री फूलको मालाले कुकुरको गला सजाइने गरिन्छ । आजका दिन सडकमा माला लगाएका कुकरहरु प्रशस्तै भेटिन्छन् । तर, यो वर्षको कुकुर तिहारका दिन बिहानैदेखि कुकुरका घाँटीका मात्रै माला लागेन । चुनावमा उम्मेद्वार बनेका नेताहरुसमेत कुकुर तिहारका दिन गलामा सयपत्री फूलको माला लगाएर बिहानैदेखि सडकमा निस्किए ।

Prachanda-in-dolpa

कुकुरलाई मात्र माला लगाइदिने चलन भए पनि उम्मेदवारहरु समेत गालामा माला सजाएर भोट माग्न दौडधुप गरिरहेको दृश्य निकै रोचक देखिएको छ । एकीकृत माओवादी काठमाडौं क्षेत्र नम्बर ७ की उम्मेदवार हिसिला यमीले आज गलामा सयपत्री फूलको माला लगाएर इचंगुमा भाषण गर्न भ्याउनुभयो । चुनावी प्रचारमा हिसिलाका सहयोगीका गलामा समेत सयपत्री माला देखिएको थियो । सयपत्रीको माला लगाएर भाषण गर्दै नेतृ यमीले देशभरिबाट एमाओवादीको पक्षमा जनमत उर्लेको दाबी गर्नुभयो ।

त्यसैगरी काठमाडौ क्षेत्र नं. ३ का नेपाली कांग्रेसका उम्मेदवार चक्र ठकुरी पनि हिसिला यमीभन्दा कम देखिनुभएन । उम्मेद्वार ठकुरी पनि कुकुर तिहारका दिन माला लगाएर चुनाव प्रचार गर्दै आलापोट गाउँ पुग्नुभयो । कुकुर तिहारका दिन माला ढल्काएका ठकुरीले अबको संविधानसभा निर्वाचनमा कांग्रेसले बहुमत ल्याएमा मात्रै लोकतान्त्रिक सम्विधान बन्न सक्ने दाबी गर्नुभयो ।

Chakra-Thakuri

काठमाडौ क्षेत्र नं. ५ का नेपाली कांग्रेसका उम्मेदवार नरहरि आचार्यले पनि कुकुर तिहारका दिन गलामा सयपत्री माला भिरेर महाराजगञ्ज क्षेत्रमा कार्यकर्तासँग पदयात्रा गर्नुभयो । सयपत्री माला भिरेर अघिअघि लाग्नुभएका वहाँले सो क्षेत्रमा बिहानै चुनावी अभियान शुरु गर्न भ्याउनुभयो ।

नेकपा एमाले ललितपुर क्षेत्र नं. ३ का एमालेका उम्मेदवार रघुजी पन्तले पनि कुकुर तिहारको वास्ता नगरी गलामा दुई-दुई वटा माला भिरेर ठेँचो गाविस क्षेत्रमा भोट माग्नुभयो ।

Raghujee-panta

Hisila-Yami

Narahari-Acharya

padam-kuwar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment