Comments Add Comment

‘हिन्दीसँग डर छैन, दशैमा स्वदेशी फिल्म नै प्यारो’ : रेखा थापा

rekha-thapa-heroin
असोज १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘हिम्मतवाली’लाई लिएर नायिका रेखा थापा खुबै उत्साहित छिन् । उनी उत्साहित हुनुको मुख्य कारण, यसको बिषयवस्तु र चर्चा हो ।

बलिउड चलचित्र ‘ब्याङ ब्याङ’ले आफ्नो सिनेमालाई कुनै असर नगर्ने उनको वुझाई छ । चाडपर्वमा सबैको फिल्म लाग्ने भन्दै रेखाले अझ दशैमा नेपाली दर्शकले नेपाली फिल्म नै हेर्न खोज्ने बताइन् ।

चलचित्र ‘हिम्मतवाली’ले मानिस शारीरिक रुपमा भन्दा पनि मानसिक रुपमा सुन्दर हुनुपर्ने कथा बोलेको रेखाले बताइन् । रेखाले अन्य हिरोहरु भन्दा ‘हिम्मतवाली’का कलाकार सुदर्शन गौतम फरक रहेको बताइन् । ‘अन्य हिरोहरु यही क्षेत्रमा करिअर बनाउन आएका छन् । तर, सुदर्शन यसका लागि आएको होइन । तर, पनि अन्यको अभिनय भन्दा उसमा आकाश जमिनको फरक छ’, रेखाले भनिन् ।

काठमाण्डौ बाहिर चलचित्रको अधिकार विक्री गर्नुको पनि उनको आफ्नै कारण छ । यसअघि ‘काली’ चलचित्र बनाएर आफ्नो हातमा सोचेजस्तो रकम नआएको अनुभव सुनाउँदै रेखाले मोफसलमा सिनेमा बेचेको बताइन् ।

रेखाले निर्देशन गरेको चलचित्र ‘हिम्मतवाली’मा अभय चन्दलाई पनि देखिनेछ । चलचित्रको चर्चासँगै यसले बक्स अफिसमा दरिलो विश्वास गर्ने अड्कल काँटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment