Comments Add Comment

विम्बल्डन टेनिसको उपाधि पेट्रा भिटोभाको पोल्टामा

२१ असार, काठमाडौं । विम्बल्डन टेनिसको महिलातर्फको उपाधि चेक गणतन्त्रकी पेट्रा भिटोभाले जितेकी छन् । क्यानडाकी युजिन बुशार्डलाई पराजित गर्दै छैटौं बरियताका पेट्रा च्याम्पियन बनेकी हुन् ।

शनिबार राति भएको खेलमा पहिलो सेट ६-३ ले जितेकी २२ वर्षीया भिटोभाले दोस्रो सेटमा ६-० को जित हात पार्दै करियरकै दोस्रो ठूलो उपाधि उचालिन् । पहिलो पटक विम्बल्डनको फाइनलमा पुगेकी युजिनलाई पराजित गर्न पेट्रालाई मात्र ५५ मिनेट लागेको थियो ।

उनले यसअघि २०११ पहिलो पटक विम्बल्डनको उपाधि जितेकी थिइन् । दोस्रो पटक विम्बल्डनको च्याम्पियन बनेसागै पेट्रा भिटोभा दुई स्थानमाथि उक्लिएर चौथो वरियतामा आइपुगेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment