Comments Add Comment

सरकारद्वारा पुबुदुको करार अवधि एक वर्ष थप

२ साउन, काठमाडौँ । सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेको करार अवधि एक वर्ष थप गरेको छ ।

pubudu-Dasanayake

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा शुक्रवार विहान बसेको मन्त्रिपरिषदको बैठकले प्रशिक्षक पुबुदुको करार अबधि एक वर्ष थप गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले जानकारी दिए ।

यसअघि नेपाल क्रिकेट संघ क्यानले आर्थिक अभावको कारण देखाउँदै प्रशिक्षक पुबुदुको करार अवधि नथप्ने निर्णय गरेको थियो । पुबुदुको कार्यकाल थप नगर्ने क्यानको निर्णयको सवत्र विरोध भएको थियो भने कप्तान पारस खड्काले आफू राष्ट्रिय टोलीबाट नखेल्ने चेतावनी दिएका थिए ।

त्यसलगत्तै खेलकुद मन्त्री पुरुषोत्तम पौडेलले क्यानले नसके सरकारले एक वर्षका लागि मासिक तलब उपलब्ध गराउने गरी प्रशिक्षकलाई नेपाल बोलाउने प्रतिबद्धता जनाएका थिए ।

पाँच सचिवको राजीनामा स्वीकृत

यसैगरी बैठकले सेवा अवधि सकिन लागेका पाँच सचिवले दिएको राजीनामा स्वीकृत गरेको छ । बैठकलसाउन सात गतेदेखि लागू हुने गरी राजीनामा दिएका सचिवहरु प्रतापकुमार पाठक, नाथुराम चौधरी, कृष्णहरि बाँस्कोटा, सुशील घिमिरे र गणेशराज जोशीको राजीनामो स्वीकृत गरेको मन्त्री रिजालले जानकारी दिए ।

सहाना प्रधानको उपचारका खर्च व्यहोर्ने

यसैगरी वामपन्थी नेतृ सहाना प्रधानको उपचारका लागि लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ । नेतृ प्रधानको बल्खुको बयोध्या अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment