Comments Add Comment

गण्डकी विकास बैंकको नाफा साढे १२ करोड

६ साउन काठमाडौं । पोखरामा मुख्य कार्यालय रहेको गण्डकी विकासले आर्थिक वर्ष २०७०/०७१ को असार मसान्तसम्ममा १२ करोड ५० लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ । यस अवधिमा बैंकले ३ अर्व १० करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्व ६६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७६.२ प्रतिशत र निष्कृय कर्जा अनुपात ०.१६ प्रतिशत रहेको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत छविन्द्र शर्माले जानकारी दिए ।

वि.स. २०६१ सालमा स्थापना भएको बैंकले ग्राहकलाई मोवाईल बैंकिङ, एटीएम, एबीबीएस, रेमिटान्सलगायतका सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
पोखराको पोखरा न्यूरोड, लेकसाईड र लेखनाथ, लमजुङको बेसिशहर, गोरखाको हरमटारी गोरखा, चितवनको नारायणगढ, मुग्लिङ्ग र चनौली, नवलपरासीको कावासोती र चोरमारा, रुपन्देहीको वुटवल, तनहुँको दमौली, स्याङ्गजाको पुतलीबजार, पर्वतको कुश्मा र हुवास र वाग्लुङ्गको शिवधाराचोक गरी १६ ठाँउवाट वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।
त्यस्तै बैंकले रुपन्देहीको भैरहवा र सेमलार, नवलपरासीको बर्दघाट, चितवनको टाँडी र स्याङ्गजाको वालिङ्गमा गरी थप ५ वटा शाखा शिघ्र संचालनमा ल्याउने तयारी गरेको बैंकद्धारा जारी विज्ञप्तीमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment