Comments Add Comment

संगमलाई दोहारो स्वर्ण

१० साउन, काठमाडौं । संगम पाख्रिनले उपत्यकाव्यापी विद्यालयस्तरीय विशेष एथलेटिक्स प्रतियोगितामा शनिबार दोहोरो स्वर्ण जितेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा संगमले सुस्त श्रवणतर्फ छात्रको २ सय मिटर दौड र सट्पुटमा स्वर्ण जिते । दौडमा अजय कर्ण दोश्रो र सन्जिव श्रेष्ठ तेश्रो भए । सट्पुटमा सन्जित श्रेष्ठ दोश्रो र भरत रोकाया तेश्रो बने । सट्पुटको छात्रामा लक्ष्मी महर्जन पहिलो, बन्दना तिवारी दोश्रो र रिना नगरकोटी तेश्रो भए ।

नेपाल पारा एथलेटिक्स संघद्वारा आयोजित प्रतियोगिताको सुस्त श्रवणतर्फ छात्राको ४ सय मिटर दौडमा रिना नगरकोटी पहिलो, लक्ष्मी महर्जन दोश्रो र रिङकीकुमारी महतो तेश्रो भए । शारीरिक अपाङ्गगातर्फ खुट्टाको समस्या भएका छात्राको १ सय मिटर दौडमा लक्ष्मी विकले स्वर्ण, निरमाया तामाङले रजत तथा अन्जु बस्नेतले कांस्य जिते ।

आंशिक दृष्टिविहीनको छात्र १ सय मिटर दौडमा आनन्द पाण्डे पहिलो, सागर लामा दोश्रो र फुणिर्मा शेर्पा तेश्रो भए । छात्राको १ सय मिटर हि्व्लचेयरमा विमला लामा पहिलो, मनमाया पुरी दोश्रो तथा अमि्रका राई तेश्रो भए । उक्त स्पर्धाको छात्रमा रोहितकुमार श्रेष्ठ पहिलो, नविन भण्डारी दोश्रो र राकेश ग्वाछा तेश्रो बने ।

सुस्त श्रवणको छात्र ४ सय मिटर दौडमा अजय कर्ण पहिलो, विमल लामिछाने दोश्रो तथा राधेश्याम नगरकोटी तेश्रो भए । सुस्त श्रवणको छात्रा २ सय मिटर दौडमा लक्ष्मी महर्जन पहिलो, रिना नगरकोटी दोश्रो तथा रिङकीकुमारी महतो तेश्रो स्थानमा रहे । पूर्ण दृष्टिविहीनको छात्रा १ सय मिटर दौडमा सनिता भट्टराई पहिलो, रोजिना पोखरेल दोश्रो र सरिता अर्याल तेश्रो भए । सोही स्पर्धाको छात्रमा कुशल न्यौपाने पहिलो, प्रकाश पाण्डे दोश्रो तथा मनोज भट्ट तेश्रो भए ।

शारीरिक अपाङ्गको एक वैशाखी लिएर छात्रको १ सय मिटर दौडमा नौले सहकारी पहिलो, युवक लामा दोश्रो र विशाल तामाङ तेश्रो भए । आंशिक दृष्टिविहीनको छात्रा १ सय मिटर दौडमा पारु रिजाल पहिलो, इनु श्रेष्ठ दोश्रो र सविना कँडेल तेश्रो भए ।

एकदिने प्रतियोगितामा शारीरिक अपाङ्गतर्फ ८ तथा दृष्टिविहीन र बहिरातर्फ ६-६ गरी विभिन्न २० स्पर्धामा ९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रत्येक स्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीले क्रमशः १ हजार, ७ सय र ५ सय नगद पुरस्कार प्राप्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment