Comments Add Comment

जनसम्पर्क समिति अमेरिका वेष्ट टेक्सास च्याप्टरको अध्यक्षमा भण्डारी

बिकास राज न्यौपाने

टेक्सास । नेपाली जनसम्पर्क समिति अमेरिकाको वेष्ट टेक्सास च्याप्टरको अध्यक्षमा हरिबोल भण्डारी चयन भएका छन् । वेष्ट टेक्सास च्याप्टरको आइतबार स्टेफनभिलमा भएको अधिवेशनले भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मतबाट चयन गरेको हो ।janasamparka-samiti

निर्वाचन आयुक्त कपिल अधिकारीले उपाध्यक्षहरुमा विजय मान श्रेष्ठ र प्रविणराज घिमिरे, महासचिव रामराजा पोखरेल, सचिव महाबिर भण्डारी र कोषाध्यक्ष बिमा रेग्मी चयन भएको जानकारी दिए । यसैगरी सदस्यहरूमा राजु लामा, नवीन बस्नेत, अरुण अधिकारी, विवेक सिम्खडा, राजेश कार्की, सन्तोष गौतम, अमृत थापा, केशव केसी, सुरेन्द्र कुमार जोशी, रुपेन्द्र पाण्डे र समृद्धि भण्डारी चयन भएका छन् ।

अमेरिका भ्रमणमा रहेका काँग्रेसका पुराना कार्यकर्ता कृष्णलाल सापकोटाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सापकोटाले बिशेश्वरप्रसाद कोइरालासँगको मार्मिक संस्मरण सुनाउँदा सबै भाबुक भएका थिए ।

कार्यक्रममा सर्बश्री रामचन्द्र पोखरेल, रमेश पोखरेल, रामराजा पोखरेल, सुरेश चन्द्र पोखरेल, भुवन आचार्य, अमृत सापकोटा, ओम भट्टराई, सिपि पौडेल, अर्जुन बन्जाडे, भगवान् मैनाली, ज्ञानेन्द्र कार्की तथा कृष्ण लामिछानेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment