Comments Add Comment

यस्तो छ लोकसेवाको नयाँ कार्यतालिका

१५ साउन, काठमाडौं । कार्यतालिका सार्वजनिक गर्ने तर कार्यान्वयन नगर्ने आरोप लागिरहेको लोकसेवा आयोगले आर्थिक वर्ष २०७१/७२ सालको लागि पदपूर्ति सम्बन्धी वाषिर्क कार्यतालिका सार्वजनिक गरेको छ ।

public-service-commission-buildingआयोगको केन्द्रिय कार्यालय, सूचना तथा प्रकाशन शाखाले सार्वजनिक गरेको रापत्रांकित तथा राजपत्र अनंकित श्रेणी/तहका पदहरुको लागि खुला परीक्षा, आन्तरिक प्रतियोगिता तथा बढुवाद्वारा हुने पदपूर्तिको वाषिर्क कार्यतालिकामा हरेक श्रेणी तथा तहको विज्ञापन प्रकाशन देखि लिएर परीक्षा संचालन तथा नतिजा र सिफारिस सम्मको समय एकिन गरिएको छ ।

कुन पदको परीक्षा र नतिजा कहिले ?

खरीदार (अप्राविधिक) – विज्ञापन सूचना: फागुन अन्तिम बुधबार, लिखित परीक्षा जेठ महिनामा, लिखित परीक्षाको नतिजा भदौ/असौज  तथा अन्तरवार्ता र सिफारिस असोज कातिकमा ।

खरिदार (प्राविधिक)- विज्ञापन सूचना : चैत अन्तिम बुधबार, लिखित परीक्षा जेठ महिनामा, लिखित परीक्षाको नतिजा असार  तथा अन्तरवार्ता र सिफारिस साउन महिनामा ।

नायब सुब्बा (अप्राविधिक) – विज्ञापन सूचना : पुस अन्तिम बुधबार, लिखित परीक्षा वैशाख महिनामा, लिखित परीक्षाको नतिजा साउन/भदौ तथा अन्तरवार्ता र सिफारिस भदौ/असोज ।

नायब सुब्बा (प्राविधिक)-विज्ञापन सूचना : माघ अन्तिम बुधबार, लिखित परीक्षा वैशाख महिनामा, लिखित परीक्षाको नतिजा जेठ  तथा अन्तरवार्ता र सिफारिस असार ।

शाखा अधिकृत (अप्राविधिक)- विज्ञापन सूचना : मंसिर अन्तिम बुधबार, प्रथम चरण : लिखित परीक्षा माघ महिनामा, लिखित परीक्षाको नतिजा फागुन महिनामा । द्धितीय चरण : लिखित परीक्षा चैत्र, लिखित परीक्षाको नतिजा जेठ  तथा अन्तरवार्ता र सिफारिस असार महिनामा ।

राजपत्रांकित तृतीय श्रेणीका प्राविधिक पदहरुमा खुला प्रतियोगिता अन्तरगत कार्तिक अन्तिम बुधबार विज्ञापन प्रकाशन हुनुका साथै माघ/फागुनमा लिखित परीक्षा, चैत्र वैशाखमा लिखित परीक्षाको नतिजा आउनुका साथै वैशाख जेठमा अन्तरवार्ता भई सिफारिस समेत हुनेछ ।

त्यस्तै उपसचिव पदमा विज्ञापन प्रकाशन असोज अन्तिम बुधबार हुनेछ । पुस/माघ महिनामा परीक्षा संचालन हुने, फागुन/चैत्रमा लिखित परीक्षाको नतिजा आउने तथा चैत्र/वैशाख महिनामा अन्तरवार्ता भई उमेद्वारको सिफारिस हुने लोकसेवा आयोगले जनाएको छ ।

त्यस्तै राजपत्रांकित प्रथम श्रेणी अर्थात् सहसचिव स्तरका प्राविधिक र अप्राविधिक दुवै पदका लागि असोज अन्तिम बुधबार विज्ञापन प्रकाशन हुने, मंसिरमा परीक्षा संचालन, पुष/माघमा लिखित परीक्षाको नतिजा निस्किने तथा माघ/फागुन सम्म अन्तरवार्ता र सिफारिस समेत सकिने लोकसेवाको कार्यतालिका छन् । लोकसेवा आयोगले स्वास्थ्य सेवाका विभिन्न तहमा पदपूर्तिका लागि समेत कार्यतालिका तयार पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment