Comments Add Comment

गोलकिपर लोपेजले रियल मड्रिड छाड्ने

१६ साउन, काठमाडौं । गोलकिपर डिएगो लोपेजले युरोपियन च्याम्पियन रियल मड्रिड छाड्ने भएका छन् ।

अमेरिका भ्रमणबाट फर्किएपछि लोपेजले क्लब छाड्ने स्पेनिस पत्रिका मार्काले जनाएको छ ।

इटालियन क्लब नापोली र फ्रान्सेली क्लब मोनाको लोपेजलाई भित्र्याउन इच्छुक देखिएका छन् ।

रियल मड्रिडले नाभासलाई क्लबमा अनुवन्धित गरेको छ भने प्रशिक्षक कार्लो एन्सेलोटीले स्पेनिस गोलरक्षक इकर कासियासलाई बढी रुचाएका छन् । गत सिजन भने लेपेजले कासियासलाई बेन्चमा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment