Comments Add Comment

मोदीको भ्रमणभरी चार एम्बुलेन्स र चिकित्सक सँगसँगै

१७ साउन, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणका क्रममा अत्यावश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारले दुईवटा अस्पतालमा विशेष तयारी गरेको छ । Modivisitnepal_Twitter_505परराष्ट्रमन्त्रालयले स्वास्थ्य मन्त्रालयमार्फत चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गतको मनमोहन कार्डियोथोरासिस सेन्टर र नर्भिक अस्पतालमा विशेष तयारी गरेको हो । त्यसबाहेक अतिरिक्त र ‘मल्टि सुपरस्पेसियालिटी’ सेवाका लागि टिचिङ अस्पताललाई ‘व्याकअप’ राखिएको छ ।

एक साताअघि भारतबाट आएको विशेषज्ञ चिकित्सक एवं भारतीय स्वस्थ्य मन्त्रालयको टोलीले राजधानीका विभिन्न अस्पताल भ्रमण गरेर अध्ययन गरेको थियो । त्यसै आधारमा भारतीय दूतावासले परराष्ट्रमार्फत ती दुई अस्पतालमा आवश्यक उपचारका लागि समन्वय गरिदिन पत्राचार गरेको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार भारतीय सरकारले भिभिआइपीको उपचारका लागि आधारभूत पूर्वाधार जाँच गरेर यी दुई अस्पताल छानेको नागरिक दैनिकमा खबर छ । खासगरी बहुविशेषज्ञ सेवा र ‘सेप्रेट सिसियु’ सेवामा भारतीय पक्षले विशेष ध्यान दिएको थियो ।

दुवै अस्पतालले विशेषज्ञ र नर्सको टिम तयारी अवस्थामा राखेका छन् । मोदी भ्रमण टोली जता जाँदा पनि नेपाली सेनाको एम्बुलेन्ससँगै हुनेछ । त्यसबाहेक स्वास्थ्य न्त्रालयले पारामेडिक्ससहितको दुई एम्बुलेन्स खटाउनेछ । नेपाल एम्बुलेन्स सेवाका ती दुई एमबुलेन्स नेपालमै सबैभन्दा सुविधासम्पन्न छन् । अर्का एक वरिष्ट फिजिसियनलाई मन्त्रालयले २४ घन्टा ‘स्ट्यान्ड-बाई’ राख्ने स्वास्थ्य मन्त्रालयका निमित्त सचिव डा. तीर्थराज बुर्लाकोटीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment