+
+
Shares

नेपालमा लगानीमैत्री वातावरण बनेको बेलायती राजदूतको ठहर

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २१ गते ११:२१

Chembar

२१ साउन, काठमाडौं । नेपालका लागि संयुक्त अधिराज्य बेलायतका एन्ड्रिउ जेम्स स्पार्कले दुई देशबीचको आर्थिक तथा व्यापारिक सम्वन्ध विस्तारमा अधिकतम प्रयास गर्ने बताएका छन् ।

नेपाल चेम्वर अफ कमर्समा भएको छलफल कार्यक्रममा राजदूत स्पार्कले नेपालमा द्वन्द व्यवस्थापन तथा सम्बिधान निर्माण कार्य अगाडी बढेकाले लगानीको वातावरणमा सुधार हुँदै आएको औंल्याउँदै बेलायती लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न अनुरोध गर्ने आश्वासन दिए ।

छलफलमा चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले जलविद्युत, कृषि, पूर्वाधार निर्माण, पर्यटन, हस्तकला उद्योग लगायत सेवा क्षेत्रमा लगानीको प्रशस्त सम्भावना रहेको जानकारी दिँदै बेलायतका लगानीकर्ताहरुले यसबाट प्रशस्त फाइदा लिन सक्ने राजदूतसमक्ष अवगत गराए ।

अध्यक्ष श्रेष्ठले नेपालले सन् २०२२ सम्म विकासशील राष्ट्रमा रुपान्तरण हुने लक्ष्य लिएकोले ठूलो लगानी र प्रविधिको आवश्यकता रहेकोतर्फ जोड दिँदै चेम्वर विदेशी लगानीकर्ताहरुलाई सहयोग गर्न हरदम तयार रहेको बताए ।

बेलायतसँगको व्यापार घाटा कम गर्न नेपाली निर्यात योग्य बस्तुहरुलाई विभिन्न सुविधा उपलव्ध गराउन आवश्यक  पहल गर्न अनुरोध गर्दै अध्यक्ष श्रेष्ठले दुई देशका व्यापारिक प्रतिनिधिहरुको आदान प्रदान, मेला तथा प्रदर्शनीको आयोजनामा जोड दिनुपर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?