Comments Add Comment

यसरी जोडिएको थियो श्रीकृष्ण र श्वेताको सम्बन्ध

shree-and-sweta

२६ साउन, काठमाडौं ।  निर्देशक शिव रेग्मीले हातले लेखेको स्क्रिप्ट श्रीकृष्ण श्रेष्ठले घरमा लगेर पढ्थे । कुनै सिनमा चित्त बुझेन भने भोली पल्ट रोग्मीलाई देखाउदै भन्थे ‘डाईरेक्टर साब यसलाई यसो गर्न पाएको कस्तो हुन्छ होला ।’ निर्देशक रेग्मी श्रीकृष्णको कुरा सुन्थे र भन्थे ‘तपाईले भनेको कुरा राखेर हेर्छु । हेरौं जुन राम्रो हुन्छ त्यहि राखौंला ।’

प्रसंग हो, चलचित्र ‘कहा भेटिएला’ निर्माणताकको । पहिलोपटक फिल्म निर्माता बन्न लागेका श्रीकृष्णले लेखन निर्देशनको जिम्मा शिब रेग्मीलाई दिएका थिए । उनीहरु सातामा बढीमा दुई पटक भेट्थे र स्क्रिप्टका विषयमा यसैगरि छलफल गर्थे । निर्देशक रेग्मी प्रायः स्किप्ट हातैले लेख्थे भने श्रीकृष्णले पढेर परामर्श दिन्थे । उनीहरुको भेटघाट स्थल भने धेरैजसो प्रज्ञा प्रतिष्ठानमा हुन्थ्यो । जहाँ शम्भुजीत बास्कोटाले तिनै स्क्रिप्टमाथी संगीत गर्दै थिए ।

स्क्रिप्टको काम त सकियो । तर, समस्या पर्‍यो हिरोईनको । उनीहरुलाई बिल्कुल नयाँ अनुहारको हिरोईन चाहिएको थियो । त्यतिबेला शहरमा नयाँ हिरोईन नभएको त होईन तर, उनीहरुले बनाएको मापदण्ड भित्र पर्ने युवती थोरै थिए । पढेलेखेकी र नेपाली फिल्म पनि बुझेकी युवतीलाई पहिलो प्राथमिकतामा राखेका थिए उनीहरुले । चिनजान भएका धेरै सहकर्मीहरुलाई श्रीकृष्णले भनेका थिए ‘कुनै नयाँ केटी भेट्नु भयो भने हामीलाई भन्नु है ।’

श्रीकृष्ण र रेग्मी प्रज्ञा प्रतिष्ठानमा स्किप्टमाथी छलफल गर्दै थिए । मोबाईल मार्फत सन्देश आयो ‘बसन्त दाईको डान्स सेन्टरमा एउटी केटी छ । राम्री पनि ।’ नृत्य निर्देशक बसन्त श्रेष्ठलाई श्रीकृष्णले तुरुन्तै फोन गरेर सोधे । नयाँ युवतीको वारेमा । उनले युवतिको हुलिया बताउँदै उनी क्लास लिन आउने समय पनि बताइदिए ।

पुतली सडकस्थित डान्स सेन्टरमा निर्देशक रेग्मी र श्रीकृष्ण बसन्त श्रेष्ठसंग कुरा गरेर बस्दै थिए । युवती आईपुगिन् । ति युवती थिईन, श्वेता खड्का । फिल्म खेल्ने ईच्छा छ कि छैन ? नेपाली फिल्मप्रति कस्तो धारणा छ ? हाम्रो फिल्ममा तपाई जस्तै एउटा नयाँ युवति चाहिएको छ ।

तपाई के गर्नुहुन्छ ? निर्देशक रेग्मी र श्रीकृष्णले श्वेतासंग प्रस्ताव राखे लगत्तै उनले भनेकी थिईन-‘फिल्ममा काम गर्न त मन छ तर, मेरो घरमा गएर तपाईहरुले नै कुरा गर्नुपर्छ ।’ बनेपा स्थित घरमा कुरा गर्नु जानु अघि श्रीकृष्ण र रेग्मीले श्वेताको नेपाली फिल्मप्रतिको बुझाईवारे सुक्ष्म अध्ययन समेत गरेछन् । तन्नेरी पुस्ताका कतिपयले हेर्दै नहेरी नेपाली फिल्मलाई गाली गरिरहेको यथार्थप्रति सचेत श्रीकृष्ण चाहन्थे- ‘कम्तिमा आफ्नो फिल्ममा काम गर्ने युवतीले नेपाली फिल्मलाई गाली गरेको नहोस् ।’

पछि थाह भयो । सानैदेखि नेपाली फिल्म हेर्ने रहिछन् उनले । नेपाली फिल्मको वारेमा राम्रै जानकारी राख्ने । श्वेताको चाहना, श्री र शिब रेग्मीको योजना अनुरुप ‘कहाँ भेटिएला’ मा श्रीकृष्णको नायिका बनिन् श्वेता । उनीहरुको सम्बन्धको सुरुवात सोही फिल्मवाट भएको थियो । कहाँ भेटिएलाको सुटिङ सकिदा नसकिदै बजारमा गसिप आउन सुरु भैसकेको थियो ‘श्रीकृष्णले नयाँ हिरोईन लिएर आए ।’ नयाँ हिरोईनसँग नामै जोडेर कतिले भने पनि-फिल्ममा मात्रै होईन जीबनमा पनि नायिका ल्याउने भए । यी सब हल्लाहरु सुनेर बसेका उनीहरु दुबैले आफुहरु विच पवित्र सम्बन्ध मात्रै भएको भनिरहे । प्रेमका वारेमा दुबैले जानकारी नभएको दाबी गरे । जब फिल्म रिलिज भयो, दर्शकले निकै मन पराए ।

‘कहाँ भेटिएला’ रिलिजपछि श्वेतालाई अभिनयको प्रस्ताव लिएर जाने निर्देशक धेरै थिए । कुनै पनि फिल्ममा उनले काम गरिनन् । कारण- कुनै पनि फिल्म खेल्नु अघि निर्देशक रेग्मी र श्रीकृष्णलाई सोधेर मात्रै काम गर्थिन् । बाहिर उनीहरुले साथी-साथी भनेर टारे पनि भित्रभित्रै उनीहरुको सम्बन्ध गाढा भएको मान्नेहरु धेरै थिए । श्रीले नै होमप्रोडक्सन बाहिरको फिल्म नखेल्न आग्रह गरेका थिए श्वेतालाई ।
होम प्रोडक्सन बाहिरको दुईटा फिल्ममा मात्रै काम गरिन् श्वेताले । हाँसीदेउ एकफेर’ मा नायिकाको भुमिका निर्वाह गरेकी उनले अर्को फिल्म ‘श्रीमान श्रीमति’ मा पनि काम गरिन् । हाँसीदेउ एकफेरमा निर्देशक शिब रेग्मी थिए भने ‘श्रीमान श्रीमति’मा श्रीकृष्ण स्वयंले नायकको भुमिका निर्वाह गरेका थिए ।

फिल्ममा संगै नदेखिएर के भो त ? गौशालामा ‘ होटल ईन्द्रेणी हिमालय’ होटल समेत सञ्चालन गरेका श्रीले श्वेतालाई पनि बिजनेश पार्टनर बनाएका थिए ।  यतिवेलासम्म श्वेताको सम्बन्ध श्रीकृष्णँंग मात्रै नभएर उनको परिवारको अन्य सदस्यसंग पनि गाढा भैसकेको थियो । श्रीकृष्णको बुबाको मृत्यु भएको बेला श्वेताले मृत्युशैयामा भएका श्रीकृष्णको बुबालाई अंगालो मारेर रोएको घटना सार्वजनिक भएपछि उनीहरुको प्रेम गाढा रहेको अनुमान अथार्थमा बदलियो ।

तर, दुर्भाग्य, तिनै नायक नायिकाबीचको प्रेमको डोरी यति नराम्रोसंग चुडियो कि अब कहिल्यै जोडन सम्भवै छैन् । सँगै बाँच्ने सँगै मर्ने कसम खाँदै एक महिना पहिलेमात्र लगनगाँठो कसेको यो जोडी मधुमास समेत पुरा गर्न नपाउँदै सदाका लागि बिछोडिनुपर्‍यो ।

अनलाइनखबरले झण्डै दुर्इ महिना अघि गरेको कुराकानी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment