+
+
Shares

नेपाल सुन्दरी बनिन् वन्यजन्तु संरक्षण राजदूत

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन २६ गते १८:४३

२६ साउन, काठमाडौं । मिस नेपाल सुबिन लिम्बु वन्यजन्तु संरक्षणका लागि युवा सद्भावना राजदूत बनेकी छन् । विश्व वन्यजन्तु कोषको नवौं संरक्षण राजदूतका रुपमा उनले सोमवार ओहोदाको प्रमाणपत्र बुझेकी छन् ।sundari

वन्यजन्तु कोष नेपालका कार्यक्रम निर्देशक डा. घनश्याम गुरुङले नेपाल सुन्दरी लिम्बुलाई संरक्षण राजदूतको ओहोदाको प्रमाणपत्र दिएका थिए । कोषले नेपाल सुन्दरीलाई संरक्षणको क्षेत्रमा लगाउने र उनीहरुमार्फत युवा पुस्तालाई वन्यजन्तु संरक्षणप्रति सचेत गराउने नीति लिएको गुरुङले बताए ।

सो अवसरमा यसअघिकी मिस नेपाल इशानी श्रेष्ठले आफ्नै पहलमा निःशुल्क दन्त शिविर गरे बापत उनलाई सम्मानित गरिएको थियो । इशानाले सोही कार्यक्रममा आफ्नोतर्फबाट चार सय अमेरिकी डलर अर्थात करीव ४० हजार रुपैया चितवनको माडी हेल्थपोष्टलाई सहयोगको घोषणा गरेकी थिइन् ।

विश्व वन्यजन्तु कोष नेपालले सन् २००४ देखि मिस नेपाललाई संरक्षण राजदूतका रुपमा नियुक्त गरेर वन्यजन्तु संरक्षणको जनचेतनामा सघाउदै आएको कोषका निर्देशक डा. घनश्याम गुरुङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?