+
+
Shares

गुल्मी-१ मा सागर ढकालको फराकिलो जित, १४ हजारभन्दा बढी मतान्तर

अनिल खत्री अनिल खत्री
२०८२ फागुन २३ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सागर ढकालले १५ हजार १२० मतान्तरले विजयी भएका छन्।
  • ढकालले ३० हजार ४४८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार ३२८ मत ल्याएका छन्।
  • नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ७३१ मत प्राप्त गरेका छन्।

२३ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सागर ढकाल फराकिलो मतान्तरसहित विजयी भएका छन्।

अन्तिम मत परिणाम अनुसार ढकालले २९ हजार ६४२ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका प्रदीप ज्ञवालीले १५ हजार १८१ मत ल्याएका छन् भने नेपाली कांग्रेसका चन्द्र भण्डारीले १३ हजार ५०५ मत प्राप्त गरेका छन्।

ढकालले निकट प्रतिस्पर्धी ज्ञवालीलाई १४ हजार ४६१ मतान्तरले पराजित गर्दै विजय हासिल गरेका हुन्।

यस परिणामसँगै गुल्मी–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीले उल्लेखनीय सफलता हात पारेको छ। निर्वाचनमा प्रमुख दलका उम्मेदवारहरूबीच प्रतिस्पर्धा भए पनि ढकालले सुरुदेखि नै अग्रता कायम राख्दै अन्ततः फराकिलो मतान्तरसहित जित सुनिश्चित गरेका हुन्।

लेखक
अनिल खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?