+
+
Shares

आजदेखि नेपाल ग्रामीण विकास बैंकको एकीकृत कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७१ साउन ३० गते १०:३५

३० साउन काठमाडौं । पाँचवटा ग्रामीण विकास बैंक गाभिएर बनेको नेपाल ग्रामीणविकास बैंकले शुक्रबारदेखि एकीकृत कारोबार सुरू गरेकाे छ । बैंकले प्रधान कार्यालय बुटवलबाट एकीकृत कारोबार भारम्भ  गरेकाे हाे । संस्थाहरु छुट्टा-छुट्टै सञ्चालन हुँदा सरकारलाई वित्तीय भार परेको र सेवापनि प्रभावकारी नभएको भन्दै प्रत्येक विकास क्षेत्रमा एकएक गरी सञ्चालनमारहेका पाँच बैंकलाई गाभेर राष्ट्रियस्तरको ग्रामीण विकास बैंक बनाइएको हो।  यी संस्थाहरुमा सरकार र राष्ट्र बैंकको लगानी छ ।

Marger-logoराष्ट्र बैंकले गत असार १६ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । पाँचवटै संस्थाले संयुक्तरुपमा गत जेठ ११ गते राष्ट्र बैंकमा अन्तिमस्वीकृतिका लागि आवेदन दिएका थिए ।

वित्तीय अवस्था कमजोर भएका कारण साढे१२ वर्षअघि यी बैंकको नोक्सानी सरकारले व्यहोरेको थियो । त्यसयता पनिबैंकहरु नोक्सानीमा गएपछि सरकारलाई वित्तीय भार थोपरिएकाले सरकारले मर्जरमालाने निर्णय गरेको हो । मर्जपछि बैंकको सञ्चित नोक्सानी १९ करोड रुपैयाँहुने डीडीए प्रतिवेदनले देखाएको थियो । सो नोक्सानी सरकारले नै व्यहोर्ने छ।

राष्ट्र बैंकले मर्जरपछि संस्थालाई व्यावसायिकरूपमा अघि वढाउन योजना समेततयारी पारिरहेको छ । प्रत्येक वर्षको वृद्धि, अगाडि वढ्न योजनालगायतकाबारेमा राष्ट्र बैंकले व्यवसायिक योजना तयार पारिरहेको हो । पाँच ग्रामीणबैंकले ६५ जिल्लामा सेवा दिइरहेका छन् । मर्जसँगै शाखा सञ्जाल १ सय ९० वटापुगेको छ ।  बैंकलार्इ ७५ जिल्लामा पुर्याउने सरकारी लक्ष्य छ ।

चुक्ता पुँजी ६५ करोड ५० लाख

मर्जपछि बैंकको चुक्ता पुँजी ६५ करोड ५०लाख रूपैयाँ भएको छ । पाँचवटै बैंकको जोड्दा ४० करोड ५० लाख रूपैयाँ चुक्तापुँजी हुन्छ । र, सरकारले बजेटमार्फत २५ करोड रूपैयाँ दिने घोषणा गरिसकेकोछ । मध्यमाञ्चल १० करोड, पूर्वाञ्चलको ६ करोड, सुदूर पश्चिमाञ्चलको ५ करोड५८ लाख, पश्चिमाञ्चलको ६ करोड ६० लाख, मध्यपश्चिमाञ्चलको ७ करोड ३५ लाख रमध्यमाञ्चलको १० करोड चुक्ता पुँजी छ । पाँच वटा बैंकले ३ अर्ब र ९४ करोडरूपैंयाँ कूल ऋण प्रवाह गरेका छन भने कुल कर्मचारी संख्या नौं सय ५० कोहाराहारी छ ।

दुई बैंकको सेयरमूल्य एक रुपैयाँ

पाँचै वटा संस्थाको सम्पति तथा दायित्वमूल्यांकन (डीडीए) भइसकेको छ । डीडीए प्रतिवेदनअनुसार पूर्वाञ्चल र सुदुरपश्चिमाञ्चल ग्रामीण विकास बैंकको प्रतिकित्ता सेयर मूल्य १ रुपैयाँ दुईपैसा भएको मर्जर समितिका संयोजक पोखरेलले बताए । पोखरेलका अनुसारमध्यमाञ्चल ग्रामिण विकास बैंकको सेयर मूल्य १ रुपैयाँ १७ पैसा छ ।त्यसैगरी मध्यपश्चिमाञ्चल ग्रामिण विकास बैंकको प्रतिसेयर मूल्य ७७ रूपैयाँर पश्चिमाञ्चल ग्रामिण विकास बैंकको प्रतिकित्ता सेयर मूल्य १ सय ४०रूपैयाँ रहेको छ । खराव ऋणका कारण वित्तीय अवस्था कमजोर भएकाले सुदूर रपूर्वाञ्चलको सेयर मूल्य एकदमै न्यून कायम भएको हो । यी दुर्इ संस्थाराष्ट्र बैंकको नियन्त्रणमा छन् । पाँचमध्ये तीन वटा ९पश्चिमाञ्चल, मध्यमाञ्चल र पूर्वाञ्चल ग्रामिण विकास बैंक० नेपाल स्टक एक्सचेन्ज९नेप्से० मा सुचिकृत छन् ।

मर्जरको लिड पनि पश्चिमाञ्चल ग्रामिण विकास बैंकले गरेको हो । जसमापश्चिमाञ्च एक्लैको २७ लाख कित्ता र बाँकी चार बैंकको १२ लाख कित्ता गरीमर्जपछि बन्ने बैंकको कूल सेयर कित्ता ३९ लाख हुने छ।

यस्तो छ तदर्थ सञ्चालक समिति

मर्जर समितिको सिफारिस अनुसार मर्जपछि साधारणसभा नभएसम्मका लागि पाँचैबैंकको समान सहभागिता भएको सात सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।समितिले मध्यमाञ्चलका तर्फबाट पिताम्बर भण्डारी, पूर्वाञ्चलका तर्फबाटगोपाल शर्मा, पश्चिमाञ्चलका तर्फबाट जमुना ढकाल, मध्यपश्चिमाञ्चलका तर्फबाटमणिकरत्न शाक्य र सुदुरपश्चिमाञ्चलका तर्फबाट गुणाखर भट्टलार्इ मर्जपछिकोबैंकको सञ्चालकका लागि सिफारिस गरेको थियो ।

त्यसैगरी मर्जर समितिका संयोजकजगत पोखरेल र राष्ट्र बैंकका तर्फबाट एक सञ्चालक गरी सात सदस्यी अन्तरिमसञ्चालक समिति हुनेछ । मर्जपछि बैंकको प्रमुख कार्यकारी अधिकृत पञ्चिमाञ्चलग्रामिण विकास बैंकका विद्यमान प्रमुख कायर्कारी अधिकृत धर्मराज पाण्डे नैरहने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?