+
+
Shares

मोदीलाई रवि र बालेनले पठाएको भन्दै सार्वजनिक पत्रप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पत्र पठाएको भनिएको सार्वजनिक पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १५ गते २३:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पत्र पठाएको भनिएको सार्वजनिक पत्र पूर्णतः नक्कली भएको स्पष्ट पारेको छ।
  • पार्टीले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको सम्बन्धमा खलल पुर्याउने उद्देश्यले प्रायोजित प्रचारबाजी गरिएको आरोप लगाएको छ।
  • रास्वपाले आम सर्वसाधारणलाई फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न अपिल गर्दै अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ।

१५ फागुन काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरूमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहले पत्र पठाएको भनिएको सार्वजनिक पत्रप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार राति रास्वपाका विदेश विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यसबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।

‘केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहको संयुक्त हस्ताक्षर भनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गरेर लेखिएको भनिएको पत्र र सो सम्बन्धी समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सार्वजनिक गरिएको उक्त पत्र पूर्णतः नक्कली, किर्ते र कपोलकल्पित रहेको हामी स्पष्ट पार्न चाहन्छौं । दुई जिम्मेवार व्यक्तिहरूको नाम जोडेर परराष्ट्र सम्बन्धजस्तो संवेदनशील विषयमा यस्ता अनर्गल र आधारहीन भ्रम फैलाउनु अत्यन्तै निन्दनीय कार्य हो ।’

रास्वपाले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक लाभ लिन र दुई देशबीचको सम्बन्धमा खलल पुर्याउने उद्देश्यले प्रायोजित प्रचारबाजी गरिएको आरोप पनि लगाएको छ ।

‘द्विपक्षीय सम्बन्ध र सामाजिक सदभावमा आँच आउने खालका कुनै पनि सामग्रीलाई स्थान नदिन हामी आग्रह गर्दछौं । साथै, आम सर्वसाधारणलाई पनि निर्वाचनको मुखमा फैलाइएका यस्ता फेक न्यूज र भ्रामक प्रचारको पछि नलाग्न र सचेत रहन सबैमा अपिल गर्दछौं,’ रास्वपाको विज्ञप्तिमा उल्लेख छ, ‘यस्ता अवाञ्छित गतिविधि गर्नेहरूमाथि कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइन्छ । सत्य र तथ्यको पक्षमा उभिनु हामी सबैको साझा दायित्व हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?