Comments Add Comment

अमेरिका सेनाद्वारा इराकमा हवाई आक्रमण जारी

१ भदौ,     वासिङ्टन । इराकको अतिवादी सशस्त्र विद्रोही संगठन इस्लामिस्ट स्टेट अफ इराक एन्ड लेभान्ट  (आइएसआइएल) विरुद्ध अमेरिकी लडाकू सेनाले हवाई आक्रमण जारी राखेका छन् ।

अमेरिकी सेन्ट्रल कमाण्डले उत्तरी इराकको इर्बिल र मोसल बाधनजिकै सशस्त्र लडाकूमाथि युद्धक विमान र चालकरहित (कम्प्युटर जडित) विमानद्वारा सफलता पूर्वक आक्रमण गरेको छ ।

यस आक्रमणलाई अमेरिकाले इराकमा प्रदान गरिरहेको मानवीय सहायतामा अवरोध आउन नदिन र अमेरिकी नागरिक एवम् सम्पत्तिको सुरक्षाका लागि प्रहार गरिएको भनी प्रष्ट पारेको छ ।

नौ पटक गरिएको यस्तो हवाई आक्रमणले आइएसआइएलका सशस्त्र लडाकूले चारवटा गाडी, सातवटा हातहतियार ओसारपसार गर्ने गाडी र दुईवटा सैनिक हम्बीज (टयाङ्कर) एउटा युद्धक गाडी नष्ट पारेको जनाइएको छ ।

त्यस्तै अमेरिकी रक्षा मन्त्रालयद्वारा  प्रकाशित विज्ञप्तिमा दुई दिन अघि पनि सेनाले हवाई आक्रमण गरेर उत्तरी इराकको सिन्जार पर्वत शृङ्खलाको दक्षिण इलाकाको एक गाउानजिकै अखाडा जमाई बसेका आइएसआइएल सशस्त्र लडाकूका पााचवटा युद्धक गाडीहरू सफलता पूर्वक नष्ट पारेको समेत जनाइएको छ । रासस/सिन्हृवा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment