Comments Add Comment

एनआरएन भवन बनाउन अमेरिकाबाट झण्डै १ करोड संकलन

nrna_logo_latestटेक्सास । गैरआवासीय नेपाली संघको काठमाण्डौमा केन्द्रीय कार्यालय भवन बनाउन अमेरिकामा संचालन भइरहेको अर्थ संकलन अभियानमा झण्डै १ करोड रुपैयाँ संकलन भइसकेको छ ।
गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घलेको उपस्थीतिमा संचालित उत्तर अमेरिकाका ४ वटा कार्यक्रमबाट झण्डै ९३ हजार डलर अर्थात् करिव ९३ लाख रुपैयाँ संकलन भएको एनआरएन अमेरिकका संचार संयोजक कृष्ण केसीले जानकारी दिनुभयो ।
पछिल्लो पटक टेक्सासमा आयोजित कार्यक्रममा १७ हजार ५ सय डलर (करिव १७ लाख ५० हजार रुपैयाँ) संकलन भएको छ । यसअघि सियाटलमा २१ हजार, क्यालिफोर्नियामा २९ हजार र बोष्टनमा १५ हजार ४९६ संकलन भइसकेको छ । अबवासिङटन डीसी र न्यूयोर्कमा अर्थ संकलनका लागि बेग्लाबेग्लै कार्यक्रम आयोजना हुँदैछन् ।
टेक्सासमा अगष्ट २० तारिखमा आयोजित अन्तरक्रिया तथा डिनर कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भवन निर्माणको आबश्यकता रअर्थ संकलन अभियान चलाउनुको कारणबारे उल्लेख गर्नुभयो ।
सहभागीहरुको प्रश्नको जवाफ दिँदै उहाँले संसारभरि छरिएर रहेका गैरआवासीय नेपालीहरुको ऐक्यबद्धता र एकताको प्रतिकको रुपमा एनआरएन भवन बनाउन लागिएको बताउनुभयो । धेरैभन्दा धेरै नेपालीको अपनत्व होस् भनेरै पैसालाई भन्दा सहभागीतालाई प्राथमिकता दिइएको उहाँले बताउनुभयो ।
झण्डै १० महिनाअघि आफ्नो कार्यकाल सुरु भएपछि एनआरएनको संस्थागत बिकाशलाई पहिलो प्राथमिकता दिँदै गैरआवासीय नेपाली संघको अल्पकालिन र दीर्घकालीन कार्ययोजना तय गरेको बताउनुभयो । सोहीअनुसार भवन निर्माणलाई पहिलो खुडकिलोको रुपमा लिएको उहाँले बताउनुभयो ।
नेपाली नागरिकताको निरन्तरता, दोहोरो कर अन्त्य, भिषा सरलीकरण, लगानीमैत्री वातावरणको निर्माण र खुला बिश्वबिद्यालय निर्माणका बिषयमा नेपालको सरकारी निकाय र उच्च अधिकारीसँग निरन्तर लविङ गरिरहेको जानकारी दिनुभयो ।
गैरआवासीय नेपाली संघको संजाल विस्तारसँगै एनआरएनभित्रै उद्यमशीलता बिकाशमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
एनआरएन अमेरिकाका उपाध्यक्ष श्री पराजुलीले एनआरएन अमेरिकाले गरेको हालसम्मका कामबारे जानकारी गराउँदै एनआरएनको आबश्यकता झन बढेको बताउनुभयो ।

नेपाली सोसाइटी अफ टेक्सासको सहकार्यमा आयोजित कार्यक्रम सोसाइटीका अध्यक्ष भुवन आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment