Comments Add Comment

जापानमा स्याङ्गजालीहरु तीज मनाउँदै

घनश्याम पराजुली (कृष्ण)

Teej Progrramme Japan१२ भदौ, जापान । स्याङ्गजा सहयोग समाज जापानले हरितालिका तीजको अवसरमा आउँदो आईतवार बृहत्त तीज कार्यक्रम गर्ने भएको छ ।

तीज कार्यक्रममा चर्चित  लोकदोहोरी गायकहरु खुमन अधिकारी, रमिला न्यौपाने र कला पंगेनीले जापनमारहेका  प्रवासी नेपालीहरुमा रौनक थप्नेछन । ३१ अगष्टका दिन हुनलागेको कार्यक्रमको तयारी पुरा भईसकेको संस्थाका महासचिव नरेश बहादुरजिसीले जानकारी दिए ।

गरिव तथा जेहन्दार विद्यार्थीको सहयोगार्थ तीजसमापन तथा बृहत सांस्कृतिक कार्यक्रम २०७१ गर्न लागिएको उनले बताए । सोहीकार्यक्रममासंस्थाको प्रथम अधिवेशन गरिने उनले बताए।

जापानवासी नेपाली दाजुभाई तथा दिदीबहिनीलाई कार्यक्रम सफल बनाउनउपस्थित भईदिन स्याङ्गजा सहयोग समाज जापानले अनुरोध गरेको छ । कार्यक्रम  स्थानीय  समय दिनको ५ बजे हुनेछ । टोकियोस्थित  ईकेबुकुरो तोसिमा-कुमिन सेन्टर, तोसिमाकुमाकार्यक्रमको आयोजना गर्ने भएको छ ।

स्याङ्गजासहयोग समाज जापानले विगतमा झैँ आफ्नो संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यअनुरुप तीज कार्यक्रम गर्न लागेको हो । स्याङ्गजा जिल्ला  लोकदोहोरी क्षेत्रमा अगाडि छ । गृहजिल्लाका तीन लोकदोहोरी गायकहरुले  कार्यक्रम तताउनेछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment