Comments Add Comment

एचआइभीबाट मृत्यु भएकाको किरिया नगर्ने अनि मृत्यु भएकै दिन मासु भात खाने !

१३ भदौ, डोटी । डोटीको बासुदेवी गाविस ८ झिगाबस्तीकी बिरमा भुलका श्रीमान करी भुलको मंसिर ०६१ मा एचआइभी संक्रमणले मृत्यु भयो । तर, परिवारले उनको काजकिरिया गरेन । झिगाबस्तीकै गंगा विकमा श्रीमान कोलेको पनि एचआइभीकै कारण ०५९ सालमा मृत्यु भयो । ०६९ सालमा सोही रोगका कारण झिगाबस्तीकै काली पार्कीका श्रीमान चक्रको पनि मृत्यु भयो । तर, उनको पनि धार्मिक विधिअनुसार काजकिरिया भएन ।

बासुदेवी गाविसमा एचआइभी संक्रमितको मृत्यु हुन थालेको १२ वर्ष भयो । यो अवधिका सो रोगका कारण ज्यान गुमाएका झन्डै दुई दर्जनको धार्मिक विधिअनुसार किरिया नगरिएको नयाँ पत्रिकामा खबर छ । यसरी मृत्यु भएकाको काजकिरिया गरे एचआइभी सर्ने अन्धविश्वासका कारण कसैको पनि किरिया नगरिएको हो । किरिया गरे छोरा वा अन्य परिवारमा रोग सर्ने, वंशनाश हुने, अनिष्ठ हुने अन्धविश्वास छ ।

मृत्यु भएकै दिन मासुभात !

झिगाबस्तीकी काली भुलका श्रीमानको दुई वर्षअघि मात्र एचआइभीकै कारण मृत्यु भयो । परिवारले उनको किरिया त गरेन नै, मृत्यु भएकै दिन मासुभात खाए ।

हिन्दु धर्मअनुसार परिवारका सदस्यको मृत्यु हुँदा एक वर्षसम्म मासु, प्याज लसुनलगायतका खानेकुरा नखाने चलन छ । तर, एचआइभीबाट मृत्यु भए झिगांबस्तीमा कसैले पनि धार्मिक नियम पूरा गर्दैनन । बरु मान्छे मरेकै दिन मासुभात खाने चलन छ ।

श्रीमानको मृत्युमा दुःख लागे पनि मासुभात खानु बाध्यता रहेको काली भुलले बताइन् । ‘उहाँको मृत्युमा धेरै दुःख लाग्यो । दुःख मान्दा रोग सर्छ भनेर मासुभात ल्याएर खायौं,’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment