Comments Add Comment

पराग पाठक बिश्वकै ‘प्रभावशाली अर्थशास्त्री’को सूचीमा

parag-pathak-nepaliकाठमाण्डौ । अमेरिकामा कार्यरत नेपाली मूलका पराग पाठक बिश्वकै ‘प्रभावशाली अर्थशास्त्री’को सूचीमा परेका छन् ।
अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सार्वजनिक गरेको आगामी दशकमा बिश्व अर्थतन्त्रलाई बाटो देखाउने ‘ प्रभावशाली २५ युवा अर्थशास्त्री’को सूचीमा नेपाली मूलका पाठक पहिलोपटक परेका हुन् ।
बिश्वभरका अर्थशास्त्री र जर्नलका सम्पादक र पाठकहरुको प्रतिक्रियाका आधारमा यो सूची तयार गरिएको हो । आईएमएफको सेप्टेम्बर अंकमा प्रकाशित सूचीमा भनिएको छ- ‘आगामी दशकमा बिश्व अर्थतन्त्रबारे बुझ्न ४५ बर्षभन्दा कम उमेरका यी अर्थशास्त्रीको भूमिका सवैभन्दा प्रभावशाली हुने छ ।’
३४ बषिर्य पाठक अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्यूट अफ टेक्नोलोजी (एमआईटी)मा एसोसिएट प्रोफोसरका रुपमा कार्यरत छन् । त्यहाँ उनले स्कूल ‘इफेक्टिभनेस एण्ड इनइक्वालिटी इनिसेटिभ’को स्थापना गरेका छन् ।
सन् २००७ मा बिद्याबारिधि हाँसिल गरेका पाठक २००८ देखि एमआईटीमा अध्यापन गरिरहेका छन् । सन् २०१२ मा उनलाई ह्वाइट हाउसले प्रसिडेन्सियल अर्ली करियर अवार्ड प्रदान गरेको थियो । पाठकको परिवार सन् १९७० को दशकमा काठमाण्डौबाट अमेरिका बसाई सरेको थियो । सन् १९८० मा अमेरिकामै जन्मिएका पाठकले त्यहाँका युवा अर्थशास्त्रीको पहिचान बनाएका छन् । तर, भारतीय संचारमाध्यमले भने पाठकलाई भारतीय मूलका भनेर प्रचार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment