Comments Add Comment

लण्डनका हिरो भन्छन्-‘नि:शुल्क सिनेमा खेलेको छैन’

druba-dutta
चलचित्र आवेगमा अभिनय गर्दै नायक दत्त

`
चलचित्र ‘नाइन ओ क्लक’मा मुख्य नायकको रुपमा काम गरेका धु्व दत्त यतिबेला ‘आबेग’ सिनेमामा व्यस्त छन् । बर्षमा एक पटक नेपाली सिनेमामा काम गर्ने उनको मोहले नेपालसम्म तान्छ । लामो समयदेखि बेलायतमा बस्दै आएका उनी आफ्नो कला क्षेत्रप्रतिको माया र सम्मानले गर्दा यसरी आकषिर्त भएको बताउँछन् ।

चलचित्र क्षेत्रमा लागेर प्रशस्त रकम कमाउँछु भन्ने चाहना उनमा छैन । कारण, लण्डनमा बसेर राम्रै कमाई गरिरहेका धु्रव चलचित्रबाट कलाकार मात्र भएर चिनिन चाहन्छन्, धनी कलाकार हैन ।

अनलाइनखबरसँगको एक भेटमा उनले आफ्नो मनको पोको खोल्दै भने-‘जुन दिनसम्म सिने क्षेत्र र दर्शकले पत्याउनुहुन्छ, त्यही दिनसम्म नेपाली सिनेमा खेलिरहन्छु ।’ आखिर उनलाई सिनेमाका सिनेकर्मीले किन लिन्छन् त, धेरैलाई खुलदुली लाग्न सक्छ ।

लण्डनमा बस्ने धु्रवले त्यहाँ आफ्नो सिनेमाको प्रदर्शन पनि गरिदिन्छन् भन्ने लोभ धेरैलाई हुनसक्ला । धु्रव यो कुरा स्विकार पनि गर्छन् । उनले भने,-‘म यो कुरा होइन भन्दिन । तर सिनेमाकै कलाकार भैसकेपछि आफ्नो दायित्व पनि हुन्छ, चलचित्रको प्रदर्शन र प्रचार गर्ने र निर्मातालाई केही फाइदा दिने ।’druba-dutta-1

धु्रव सिनेमा कसरी खेल्छन् त, भने-‘कतिपय सिनेमाको लण्डनमा केही शो गरेपछि त्यसको अधिकार मैले नै लिन्छु । कतिपय चलचित्रका लागि निर्माताहरुले राम्रै पारिश्रमिक पनि दिनुहुन्छ । उनले आफूले निःशुल्क सिनेमा नखेलेको बताए ।’

उनी सिनेमाको अफर आउँदा आउँदै पनि कामका कारण बेलायत र्फकदै छन् । केही समयपछि फेरि २ वटा चलचित्र खेल्नका लागि नेपाल आउने उनले बताए ।
नेपाल भन्दा बाहिर रहेर पनि कलाकार दत्तले निरन्तर सिनेमा क्षेत्रमा आफ्नो पाइला अगाडि बढाएका छन् । निक्कै मिलनसार र सबैसँग मिल्ने खुबीका कारण पनि उनलाई चलचित्र क्षेत्रमा अगाडि बढ्न सजिलो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment