Comments Add Comment

कृषि विकास बैंकमा कर्मचारी आन्दोलन चर्कियो

३१ भदौ, काठमाडौं । दुई हप्तादेखि आन्दोलनरत कृषि विकास बैंकका कर्मचारीले बुधबारदेखि उच्च व्यवस्थापकलाई बैंकको सवारीसाधन प्रयोगमा रोक लगाउने भएका छन् ।

असोज १ गतेदेखि ३गतेसम्म बैंकका उच्च व्यवस्थापनले प्रयोग गर्ने गाडी पूर्णरुपमा प्रयोगमा रोक लगाउने निर्णय गरेका छौं’  नेपाल वित्तीय संस्था कर्मचारी संघका संयोजक यज्ञ भट्टराईले अनलाइनखबरसँग भने ।

agriculture_development_bankसंघले गत भदौ १५ गतेदेखि दैनिक विहान १० बजेदेखेखि एक बजेसम्म प्रधान कार्यालयमा धर्ना दिँदै आएको थियो ।

आफूहरुसँग भएका सम्झौताको कार्यान्वयन नगरेपछि कर्मचारीहरु थप आन्दोलनमा उत्रिनुपरेको उनले बताए ।

‘संघले कर्मचारीहरुको सेवा सुविधा वृद्धि, विनियमावली संशोधन तथा शाखा प्रमुखसम्मको ट्रेड यूनियनको अधिकार सुनिश्चत गराउनुपर्ने लगायतका माग रोखेको छ ।

त्यसैगरी सर्वसाधारण सेयरधनीले दुई वर्ष प्रतिफल पाइसकेको अवस्थामा पनि कर्मचारीहरुले भने बोनस नपाएको भट्टराईले बताए ।

उनीहरूले बैंकका अध्यक्ष प्रमोद कार्की र प्रमुख कार्यकारी अधिकृत तेजबहादुर बुुढाथोकीको राजीनामा समेत माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment