Comments Add Comment

श्री ५ अम्बरे हेर्न बाउ-आमा चाहिने !

mero-aankha
मंसिर ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र श्री ५ अम्बरेलाई चलचित्र सेन्सर बोर्डले पीजी सर्टिफिकेट दिएको छ । अब यो सिनेमा हेर्नका लागि १६ बर्ष तलका बालबालिकालाई बाबुआमाको साथ चाहिनेछ ।

जीवनसाथी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमामा सौगात मल्ल, केकी अधिकारी, पि्रयंका कार्की लगायतका कलाकारको अभिनय छ । चन्दन दत्तको सम्पादन, गणेश श्रेष्ठको छायांकन रहेको सिनेमालाई टीएन आचार्य र दीपक आचार्यले निर्माण गरेका हुन् ।

समाजमा लुकेर रहेका राजालाई खोज्ने बिषयमा यो सिनेमा बनेको छ । चलचित्रमा बसन्त सापकोटा, कालीप्रसाद बास्कोटा, बाबु बोगटी तथा यम बुद्धको संगीत छ ।

निर्देशक दीपा बस्नेतले सेन्सरका कर्मचारीहरुबाट निक्कै राम्रो प्रतिक्रिया पाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment