Comments Add Comment

एकै खेलमा ३० पेनाल्टी प्रहार, लिभरपुल विजयी

Liverpool

८ असोज, काठमाडौं । लिभरपुल १४–१३ को कीर्तिमानी टाइब्रेकर जित साथ क्यापिटल वान कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।

लिभरपुल र मिडलब्रोले मंगलबार राति भएको खेलको निर्धारित र अतिरिक्त समयमा २–२ को बराबरी खेलेपछि निर्णय टाइब्रकेरबाट लिइएको थियो ।

खेलको १० औं मिनेटमा रोसिस्टरले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । तर, ६२ औं मिनेटमा रिचले गोल गर्दै खेललाई १–१ को बराबरीमा पु¥याए ।

निर्धारित ९० मिनेटमा दुबै टोलीबाट गोल नभएपछि ३० मिनेट थपियो र १०९ औं मिनेटमा फर्नान्डेज सिजले लिभरपुलका लागि गोल गरे । तर, अन्तिम मिनेटमा पाएको पेनाल्टीमा बमफोर्डले गोल गरेपछि फेरि खेल बराबरीमा पुग्यो ।

खेलले अझ नाटकीय रुप भने टाइब्रेकरमा लियो र इंग्लिस फुटबलमा पहिलो पटक सबैभन्दा धेरै ३० पटक पेनाल्टी प्रहार भयो ।

टाइब्रेकरमा लिभरपुलका गोलरक्षकले मिडलब्रोको पहिलो पेनाल्टीमा आएका प्याट्रिक बमफोर्डको बल रोके भने पाँचौं पेनाल्टीमा लिभरपुलका रहिम स्टर्लिङ चुके ।

त्यसपछि लगातार पेनाल्टीमा दुबै टोलीले गोल गरे । १३ औं नम्बरमा मिडलब्रोका अल्वर्ट डोम गोल गर्न चुके ।

पेनाल्टीमा दुबै टोलीका गोलरक्षकले गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment