Comments Add Comment

नियम विपरित कपाल काट्ने विद्यार्थीको २० नम्बर घटुवा

hair cutविद्यालयको पोषाक नीति उल्लंघन हुने शैलीमा कपाल काटेको आरोपमा एक विद्यार्थीलाई कारवाही गरिएको छ । उनले पाएको सजाय पनि अचम्मको छ । नियम विपरित कपाल काट्ने ती विद्यार्थीलाई उनले रसायनशास्त्र विषयको परीक्षामा पाएको प्राप्तांकमा २० नम्बर कट्टी गरिएको छ ।
अस्ट्रेलियाको न्यु साउथ वेल्सस्थित अल सेन्टस् क्याथोलिक सिनियर कलेजमा अध्ययनरत १७ वर्षका डोमिनिक नामका छात्रले विद्यालयमा आउँदा निकै अभद्र हेयर स्टाइल बनाएको ठहर कलेजले गरेकेा छ ।

तर आफुमाथि गरिएको कारवाहीलाई डोमिनिकले प्रतिशोधका रुपमा लिएका छन् । शिक्षकहरुले आफुलाई उदाहरण बनाउनका लागि प्रयोग गरेको भन्दै आफ्नो भन्दा पनि खराब स्टाइलमा कपाल काट्ने विद्यार्थीहरुलाई कारवाही नगरिएको गुनासो गरे ।

सुरुमा त्यस्तो कपालका कारण उनलाई परीक्षामै बस्न नदिने बताइएको भएपनि अन्ततः २० नम्बर कट्टी गरिने निर्णय गर्दै कलेजले उनलाई रसायन शास्त्रको परीक्षामा प्रवेश दिएको थियो ।

डोमिनिककी आमाले भने विद्यार्थीप्रति कलेजको त्यस्तो व्यवहार असल नहुने भन्दै त्यसले विद्यार्थीको आत्मसम्मान तथा शिक्षामा असर पार्ने बताइन् ।

तर स्कुलका प्रधानाध्यापकले भने आफुहरुले डोमिनिकलाई परीक्षाबाट बञ्चित गरेको नभै खराब स्टाइलको कपाल सुधारेर आउन लगाएको र त्यसो हुँदा एक दिन ढिलो भएकेा बताए ।

विद्यालयको पोषाक नितिका बारेमा सबै विद्यार्थीलाई पहिले नै सचेत गराइएको हुँदा यसको कडा रुपमा कार्यान्वयन गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment